अभियन्ता सरोज रायको पहलमा मोरंङ्गका दुई किशोरी उद्दार


  • सुरज सिंह

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको बेगुसरायबाट मोरङ्ग जिल्लाको २ जना किशोरी उद्धार भइ विराटनगर फर्केका छन् । बुधबार उद्धार भएका १५ र १७ वर्ष उमेर भएका किशोरी फरक-फरक परिवारबाट रहेका हुन्।

किशोरी दुवैजनाको घर नेपाल मोरङ्ग जिल्लाको फरक गाउँ बाट हुन्। विगत चार महिना देखी किशोरीलाई उद्धार पहल गरेको अभियन्ता रायले बताए।

पाँच महिना पहिला दुवै किशोरी भारतीय बेगुसरायको बालिका गृहमा आश्रित भएका थिईन । अभियन्ता रायले २ किशोरीको परिचयात्मक बालिकागृहमा गरेको थियो ।

अभियन्ता रायलाई बिगतको चार महिना पहिला समस्तीपुर र बेगुसरायको बाल कल्याण समितीले नेपालको यी किशोरी बारे जानकारी गराएका थिए। भारतको बाल कल्याण समितीसँग राम्रो पहिचान रहेकोले खबर गरे ‌लगतै दुवै किशोरीको उद्धार कार्यमा अभियन्ता राय जुटेका थिए ।

अभियन्ता रायले दुबै किशोरीको परिवारलाई खोजेर समाजिक अनुसन्धान रिपोर्ट बनाएपछि उद्धारको सम्पुर्ण कागजातहरू तयार पारेको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङ्गबाट सिफारिस लिएर अभियान्ता दुई पटक कार्यको सिलसिलामा भारतको बेगुसराय गएको थियो।

उद्धारको प्रकृया पुरा भएपछि भारतीय बालिकागृहबाट किशोरी लिएर नेपाल फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङ्ग मार्फत २ किशोरी परिवारलाई जिम्मा लगाउने अभियन्ता रायले जानकारी दिए।

यी किशोरी मध्ये एकजना किशोरी नेपालबाट भागेर आफ्नो आमालाई भेट्न भारत जांदा अलपत्र परेपछि भारतका प्रहरीले बाल कल्याण समिती बेगुसरायलाई जिम्मा दिएको थियो। त्यही बालिकागृहमा विगत पाँच महिना देखी आश्रा पाएको अभियन्ता रायले बताए ।

अर्को बालिकालाई आमाको माइतमा दुख पाएपछि बाल कल्याण समिती भारतको समस्तिपुरले उद्दार गरि बेगुसरायको बालिकागृमा आश्रित गरेका थिए ।

दुवै बालिकाको पहिचान र केहि स्टोरी सुरक्षाको दृष्टीकोणले गोप्य राखेको सामाजिक अभियन्ता सरोज रायले बताए।

सामाजिक अभियन्ता सरोज राय बिगत दुई वर्षमा भारतबाट करिव १७० बालबालिकालाई उद्धार गरिसकेका छन् ।

                               

प्रतिक्रिया