“रक्तदान र मेरो अनुभव”


  • सुरज कुमार सिंह

“रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ ( Give Blood and keep the world beating) भन्ने मुल नाराका साथ रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो ।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

के हो रगत ?

शरीरमा रहेको रातो तरल पदार्थ हो रगत। यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ। यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ।

यसले कार्वनडाइअक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ।
मानव शरीरमा औसत ५.५ लिटर रगत रहेको हुन्छ। मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ। रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत रहेको हुन्छ।

रक्तदान किन गर्ने र कहिले गर्ने ?

मानिस जिवित रहनका लागि नभई नहुने तत्व हो रगत । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ। हृदय घात रोग नलागने, क्यान्सर हुने कम सम्भावना, सामान्य तौल रहने, असमायिक उमेरबाट बञ्चित, शरिरमा आइरनको मात्र सन्तुलित रहेने महत्व रक्तदान गर्दा हुन्छ। ससामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्।

एउटा स्वस्थ मानिसले ९० दिनको अत्तरालमा रक्तदान गर्न मिल्छ तर अहिले पीनि कतिपयमा रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम छ ।

रक्तदान गर्ने मानिसको तौल ४५ केजिभन्दा माथी हुनु पर्छ। त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम भन्दा माथी हुनु पर्दछ। यतिमात्र नभएर रक्तदान गर्ने व्यक्तिहरुमा दीर्घ रोग तथा संक्रामक रोग भएको हुनु हुँदैन।

महिलाहरुले भने महिनावारी भएको अवस्थामा, बच्चा पेटमा भएको अवस्थामा र बच्चाले दुध खाने अवस्थामा बाहेक बर्षको दुई पटक रक्तदान गर्न राम्रो मानिन्छ।

रक्तदानमा मेरो अनुभवः

यदि हजुरहरू जीवन अनुभव र खुसी महसुस गर्न चाहनुहुन्छ भने तपाईँले कम्तीमा एकपटक रक्तदान अवश्य गर्नुपर्छ । रगत दान गरेपछि व्यक्तिले महसुस गरेको आनन्दलाई शब्दमा व्यक्त गर्न सकिँदैन । यसले रक्तदातालाई एउटा बेग्लै प्रकारको खुसी र गर्व अनुभव गराउँदछ ।

मेलै अहिलेसम्म तिन पटक आपतकालीन परिस्थितिमा रक्तदान गरी जीवन रक्षा गरेको छु र मेरो जिवनी साथै खुसीको पल महसुस प्राप्त गरेको छु। म आफ्नो रक्तदानबारे अनुभव यस विश्व रक्तदाता दिवसको अवसरमा हजुरहरू समक्ष प्रस्तुत गर्दा झन हर्षित भएको छु।

कोविड – १९ का प्रथम लहरको माहामारीमा रेडक्रसमा रगत अति अभाव भएको अवस्था एक गर्भवती महिलालाई आपत्तिजनक रगत चाहिकोले मेलै पहिलो पल्ट सिरहा जिल्ला कर्जन्हा स्थित फुलकुमारी महतो हस्पिटलमा रक्तदान गरेँ । मलाई गाउँको दाईबाट आपत्तिजनक रगत एक गर्भवती महिलालाई चाहिने खवर पाउना साथ एक आमा र बच्चाको मेरो रक्तदानले ज्यान बच्छ सोचेर मन मनै खुसी महसुस लागेको र पहिलो पटक रक्तदान गर्न भएकोले अलि डर पनि लाग्यो।जब मेलै रक्तदान हस्पिटल पुगेर आत्मविश्वासका साथ दिए म सामान्य अवस्थामा रहे झन ताजा र खुसी अनुभव भएको थियो।त्यसपश्चात मेरो रक्तदानको जीवनीको पहिलो पाइला सरू भयो। मैले रक्तदानको महत्त्व बुझेकोले हरेक ३ महिनामा एक पटक रगत दान गर्ने गर्दछु र साथीभाई आफन्त र निकटतमका व्यक्तित्वलाई “एक घर एक रक्तदाता ” हुनुपर्छ र रक्तदान गर्न सल्लाह दिन्छु।

दोस्रोपटक प्रजातन्त्र दिवसको अवसरमा हरेक नागरिकको दायित्व आधारमा राखी त्रिचन्द्र क्याम्पस, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा २०७७ फागुन ७ गते फेरि रक्तदान गरे। त्यसपछि मलाई झन रक्तदान गर्न आत्मविश्वास बढ्यो र तिन महिना बितेपछि फेरि एक विरामी महिलामा आपतकालीन रगत चाहेकोले २०७८ जेठ १६ गते सिरहा जिल्ला लहान स्थित रेडक्रस सोसाइटीमा रक्तदान गरे।

रक्तदान भनेको रगत दान मात्र होइन यद्यपि रक्तदानको अर्थ कसैलाई जीवनदान गर्नु हो । अझै थप्नु पर्दा, तपाईँले पनि खाँचोमा परेका व्यक्ति र उसको परिवारका सदस्यहरूलाई रगत दान गर्दा उनीहरूलाई ठुलो खुसी समेत दान गर्नुहुन्छ । रगतको खोजीमा रहेका मानिस जब रगत पाउँदछन् त उनीहरूको अनुहारमा झल्केको खुसी हेरेर हामी अनुमान लगाउन सक्छौँ कि कति पुण्यको काम गरिएछ । रक्तदान गरेमा यस्तो खुसी हुन्छ, जुन शब्दमा बयान गर्न सकिँदैन । त्यसै व्यक्तिले मात्र यो भावना वा खुसी अनुभव गर्न सक्दछ जसले कसैको लागि रक्तदान गरेको छ ।

धेरै मानिसहरूलाई लाग्दछ कि रक्तदानले उनीहरूको शरीरलाई कुनै जोखिममा पु¥याउँछ वा उनीहरू कमजोर हुन्छन् । तर त्यसो होइन, रगत दान गरे पछि हाम्रो शरीरमा आउँदो ९० दिन भित्र आफै फेरी ३५० देखि ४५० मिली लिटर सम्म रगत झिक्न सकिने गरी आफै रगत बन्छ । यसरी हामीले दिएको रगतले कैयौँ सडक दुर्घटनामा परेका, गम्भीर बिमारी र प्रकोपको घटनामा परेका अनि रगतको अभावले ज्यान गुमाउने अवस्थामा रहेकाहरूको जीवन बचाउन सकिन्छ । त्यसैले आफ्नो शरीरमा सित्तैमा बनेको रगत दान गर्नु अमूल्य छ । रक्तदान को बारे मा गलत धारणा विवाद अझै पनि कतिपयमा रहेकै छ तर जब त्यही मानिसलाई रगतको खाँचो पर्दछ अनि बल्ल यसको महत्त्व बुझ्ने गर्दछन् ।

आजको बेलामा हरेकले एउटा खुसीका साथ रक्तदान प्रतिज्ञा गर्न जरुरी छ । संसारको कुनै चीज त्यस्तो छ जुन वैज्ञानिकले बनाउन सकेका छैनन् भने त्यो हो मानव रगत । हाम्रो हरेक घरमा हरेक ३ महिनामा सित्तैको रगत फ्याक्ट्री छ यसको सदुपयोग गर्न जानेमा हरेकले खुसी महसुस गर्ने छन् र धेरैको ज्यान जोगिने छ । कुनै पनि स्वस्थ व्यक्तिले हरेक तीन महिनामा एक पटक रक्तदान गर्न सक्दछ ।
हामी एक जनाले गरेको रगतको एक एकाइबाट चार जीवन बचाउन सकिन्छ । विशेषतः सडक दुर्घटनाहरूमा परेका घाइतेहरूको अत्यधिक रक्तस्राव हुने हुँदा र समयमै उनीहरूलाई रगत दिन नसक्दा ज्यान गुमाउन पुग्दछन् । अहिलेका युवाहरू स्वैच्छिक रक्तदानका लागि अगाडि आउनुपर्छ ।”एक घर एक रक्तदाता” हुनुपर्छ।

समस्याको समाधान गर्न र अन्यको जीवनको रक्षा गर्न आफूलाई स्वतन्त्र महसुस गर्नुहोस् । कोही पनि स्वास्थ्य मानिसले १८ वर्षको उमेर बाट रक्तदान गर्न सक्छन् । रक्तदानका लागि केवल ८ देखि १० मिनेटको समय लाग्ने गर्दछ । रक्तदान गरेपछि रगत बन्ने गति पनि तीव्र हुन्छ ।

मैले रक्तदानको प्रेरणा १९ बर्षको उमेरमा रक्तदान कार्यक्रमबाट पाएँ । रगत दानको दृश्य हेर्दा रक्तदाताहरूको खुसीको पल हरेर म नि सक्षम र आत्मविश्वासका साथ रक्तदान गर्न सक्छु भन्ने प्रेरणा जागेको थियो। “जब सम्म स्वास्थ्य र जिवन रहछ, तब सम्म रक्तदान गर्छु” ।

नियमित रक्तदानले मलाई ठुलो खुसी र गर्व अनुभव गराउँदै आएको छ।आऊ हामी सबै मिलेर यस परिस्थितिमा एक साथ रक्तदान गरी जिवनदान गर्न र गराउन लगाऔं।

लेखक बुद्ध एक्सप्रेसका सम्बाददाता समेत हुन् ।

                               

प्रतिक्रिया