Oxygen Concentrator

अभियन्ता रायको पहलमा आक्सिजन कन्सेनट्रेटर सहयोग


  • thebuddhaexpress

नेपाल कोरोनाको दोस्रो लहरले अक्रान्त बनेको छ । सारा देश यसको रोकथाम र संक्रमितको उपचारमा जुटेका छन् । देशको सबै भागमा आक्सिजन, भेन्टिलेटर, बेड, औषधी आदिको कमी भएको समाचार दिन्हु बाहिर आई राखेका छन् । विशेष गरि आक्सिजनको कमीले गर्दा धेरै जनाले ज्यान गुमाउनु परेका छन् ।

कोरोना संगको युद्धमा अग्रपंतिमा रहेर सामाजिक अभियन्ता सरोज राय पहिलो लहर आएकै बेला देखि दिनरात खटिदै आएका छन् । हाल कोरोना संक्रमितको उपचार र तेस्रो लहर आउने सम्भावना समेतलाई मध्यनजर राखी सर्लाहीको बरहथवा नगरपालिका वडा न. १० स्थित श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनिया माध्यमिक विधालयको परिसरमा २५ बेडको आइसोलेसन केन्द्र निर्माण गरे ।

TMNC Isolation Centre, Barahathwa, Sarlahi

एक साता अगाडी देखि संचालनमा आएको उक्त ‘TMNC Isolation Centre’ को लागि अभियन्ता रायको प्रयाशमा पांच थान आक्सिजन कन्सेनट्रेटर सहयोग प्राप्त भएको छ ।

हंगकंगको संस्था Sowers Action ले नेपाललाई २०० थान आक्सिजन कन्सेनट्रेटर सहयोग पठाएका छन् । Tharung Monastary Namo Budhha र 100s Group को सहकार्यमा देशभरिको जिल्ला जनस्वास्थ्य कार्यालयमा उक्त आक्सिजन कन्सेनट्रेटर वितरण हुँदैछ । शुक्रवार सर्लाही जनस्वास्थ्य कार्यालय लाई पनि २० थान आक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरिएका छन् ।

हस्तान्तरण कार्यक्रममा 100s Group को बबलु गुप्ताले प्रदेश न. २ मा १४० थान आक्सिजन कन्सेनट्रेटर वितरण गरिने जानकारी दिए । यस्तै, जिल्ला जनस्वास्थ्यको प्रमुख नवल किशोर झाले सहयोग पाएका यी आक्सिजन कन्सेनट्रेटर लाई परिस्थिति देखि अति आवश्यक ठाउँमा पठाउने बताए । अभियन्ता रायले सहयोगी संस्था प्रति आभार व्यक्त गर्दै आक्सिजन सिलिन्डरको आभाव भएको बेला यी आक्सिजन कन्सेनट्रेटर कोरोना संक्रमितको लागि संजीवनी बुट्टीको काम गर्ने बताए ।

हस्तान्तरण कार्यक्रममा 100s Group र Tharung Monastary Namo Budhha को प्रतिनिधि, जनस्वास्थ्यका कर्मचारी, मेडियाकर्मी नवराज गिरि र TMNC Isolation Centre को मेडिकल इन्चार्ज डा. राजेश राय यादवको उपस्थिति थियो ।

                               

प्रतिक्रिया