ऋषि गंगा पावर प्रोजेक्ट

ऋषि गंगा पावर प्रोजेक्टमा कार्यरत दर्जनौं नेपाली कामदार लापता, परिवारजन्यले माग्यो सहयोग (भिडियो सहित)


  • thebuddhaexpress

भारतको उत्तराखण्ड राज्यको जोशिमठको धौलीगंगा घाटीमा २५ माघ (Feb 7) को दिन ग्लेशियर टुट्नाले आएको बाढीले ठुलो क्षति पुर्याएको छ । उक्त तवाहीमा चमौली जिल्लाको रैतीमा रहेको ‘ऋषि गंगा पावर प्रोजेक्ट’ पनि पूर्णरुपले क्षति भएको छ जसमा कार्यरत भारतीय कामदारको साथसाथै दर्जनौं नेपाली कामदार लापता रहेका छन् ।

करिव दश वर्ष अगाडी विजुली उत्पादन गर्न सुरु गरिएको ‘ऋषि गंगा पावर प्रोजेक्ट’ एउटा प्राइवेट परियोजना हो । स्थानीयलाई मुआवजा नदिएको कारण विवादित हुँदै आएको छ र अदालतमा मुद्दा समेत चलिरहेको छ ।

Uttarakhand Chamoli glacier burst
Uttarakhand Chamoli glacier burst

भारतीय संचार माध्यमको अनुसार करिव १६० को हाराहारीमा मानवीय क्षति भएको आशंका गरिएको छ जसमा नेपाली कामदारहरु पनि रहेका छन् । भारतीय सेना, वायुसेना, एनडीआरएफ, आईटीबीपी, एसडीआरएफ स्थानीय प्रशासन संग मिलेर राहत र बचाव कार्यमा खट्दै आएका छन् ।

नेपालको सामाजिक अभियन्ता सरोज रायले बुद्ध एक्सप्रेसलाई दिएको जानकारी अनुसार कति नेपाली उक्त ऋषि गंगा पावर प्रोजेक्ट’मा कार्यरत थिए र कतिजना लापता छन् बारे यकिनको साथ भन नसकिए पनि दर्जनौं नेपाली कामदार अझ सम्म पनि लापता रहेको र आठ जनाको नाम भारतीय संस्था विवेकानन्द नेत्रालय देहरादुनको संयोजक तेज वि बुढाथोकी मार्फत जानकारी प्राप्त भएको छ । केहि नेपाली कामदार आफ्नो परिवार सहित प्रोजेक्ट क्षेत्र मै बस्थे र तबाही आएको बेला देखि उनीहरुको हालत विजोग बनेका छन् ।

मुगु जिल्लामा पर्ने क्रमसः सापकोटा गाउँको ३० वर्षीय शंकर, शुमली गाउँको ४० वर्षीय मकर सिंह, भी कर्णाली गाउँको २६ वर्षीय गोविन्द, २८ वर्षीय गणेशको साथसाथै जंगवीर, रणजीत, प्रताप र मदन सबैजना ‘ऋषि गंगा पावर प्रोजेक्ट’ मा कार्यरत थिए र तबाही आएको बेला देखि लापता रहेका छन् ।

शंकर संगै बस्दै आएको उनका ६ महिनादेखि गर्ववती रहेकी श्रीमती जानकी, छोरीहरु तिन वर्षीय आरुषी र एक वर्षीय पिंकीलाई चिपको आन्दोलनको मुखिया गोरा देवी र गाउँको महिलाहरुको सहयोगमा सुरक्षित स्थानमा पुर्याइएको छ । मकर सिंहको श्रीमती उजैलि र उनका दुई छोरा क्रमश १२ वर्षीय एव्न्य र ९ वर्षीय तारा नेपाल मै बस्छ । श्रीमतीलाई हिर्दय रोग भएको कारण उपचार खर्च जोड्न भारत कमाउन गएका थिए । यस्तै, गोविन्द संगै बस्दै आएको उनका श्रीमती बसन्ती (उमेर २०) तबाही आएको बेला ज्यान जोगाउन भाग्न खोज्दा घाइते भएकी छिन् । उनीहरुको विहे ६ महिना अगाडी मात्र भएको थियो । लापता गणेशको श्रीमती हिरा र एक सालको छोरी शृष्टिलाई पनि सुरक्षित स्थानमा पुर्याइएका छन् ।

यस वाहेक अझ पनि थुप्रै नेपाली कामदार लापता रहेका छन् । अभियन्ता राय भन्छ “नेपाल सरकारले आफ्नो नागरिक के-कस्तो अवस्थामा छन् खोजखबर गर्नुपर्छ र तबाहीबाट प्रभावित पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुको साथ नेपाल फिर्ता ल्याउन पहल थाल्नु पर्छ ।” साथै, अभियन्ता रायले ऋषि गंगा पावर प्रोजेक्ट, भारत सरकार र नेपाल सरकार समेत संग मृतक परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन जोडदार मांग गरेका हुन् ।

तेज बी बुढाथोकी द्वारा उपलब्ध पिडित परिवारको विडियो हेर्नुस:

                               

प्रतिक्रिया