बालक उद्धार

भारतबाट डोम समुदायको एक बालक उद्धार


  • thebuddhaexpress
अभियन्ता सरोज रायको पहलमा भारतबाट डोम समुदायको बालक उद्धार

भारत महारास्ट्र राज्यको ओसमानाबाद बाट सामाजिक अभियन्ता सरोज रायको पहलमा सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा न. ५ को एक डोम समुदायको बालक उद्धार भई घर फर्केको छ ।

हिन्दु समाजको जात व्यवस्था श्रेणीमा सबैभन्दा तल रहेको ‘डोम समुदाय’ आर्थिक हिसावले पनि सबैभन्दा कमजोर रहेको छ । विरलै डोम समुदायको बालबालिका स्कुल गएको पाइन्छ । दुई छाकको प्रवन्ध र घर धाउन परिवारको साना देखि वृद्ध सम्म सबैजनाले काम गर्छ । समाजले अछुत मानेको कारण डोम समुदाय आफ्नो परम्परागत व्यवसाय सुँगुर पालन र बाँसजन्य सामग्री बनाएर जसोतसो गुजारा गर्छ । अन्य जातिको निहित स्वार्थबाट पिरोलिएका शूद्र जातिभित्र रहेका डोम समुदायले अहिलेसम्म पनि राज्यबाट कुनै किसिमको सेवा सुविधाको उपभोग गर्न सकेका छैन ।

अहिले पनि तराई–मधेस–मिथिला समाजमा डोम समुदायले छोएको वस्तु चल्दैन । उनीहरुले कुनै व्यवसायी गरी जीविकोपार्जन गर्न चाहेको कथित माथिल्लो जातिले रुचाउँदैनन् । यहि कारणहरुले गर्दा १४ वर्षीय मुकेश मल्लिक करिव डेढ़ वर्ष अगाडी कामको तलासमा भारतको गुजरात गए र खेतमा मजदुरीको काम पाए । एक दिन संगै काम गर्ने साथीहरुले कसैको मोबाइल फोन चोरी गरे । मुकेशलाई यो रुचाएन, फोन फिर्ता गरिदे भने पनि साथीले नमाने पछि आफु पनि फंसने डरले मुकेश त्यहाँ बाट भागेछ तर गलत ट्रेन समातेर उनि महारास्ट्रको ओसमानाबाद पुगे । काँहा आई पुगे मुकेशलाई स्वंम थाहा थिएन । रेल्वे स्टेशनको वरिपरि फुटपाथमा सुतेर र आफुसंग रहेको थोरै पैसाले जसोतसो उनले तीनचार दिन विताए । भएको पैसा पनि सकिए पछि मुकेशले माँगेर दिन बिताउन थाले । एक दिन प्रहरीको नजरमा आए र उनकै सहयोगमा बाल कल्याण समितिको शरणमा पुगे ।

मुकेशले आफ्नो परिवारको सम्पर्क नम्बर र प्रष्ट ठेगाना बताउन नसकेको कारण महिनों घरपरिवारको पता लागेन । केहि नलागे पछि ओसमानाबादको बालकल्याण समितिले केन्द्रिय बालकल्याण समिति दिल्लीबाट नेपालको सामाजिक अभियन्ता सरोज राय वारे जानकारी पाए र उनलाई मुकेशको उद्धारमा सहयोगको लागि एक वर्ष अगाडी इमेल पठाए ।

भारतबाट सयों बालबालिका उद्धार गरिसकेका अभियन्ता रायको भारतको केन्द्रिय देखि लिएर विभिन्न राज्यको बालकल्याण समितिमा राम्रो प्रोफाइल बनेको रहेछ ।

सामाजिक संजाल र आफ्नो नेटवर्कको मद्दतले रायले मुकेशको परिवार पता लगाउन दुई दिन मै सफल भए । हरिपुर्वा नगरपालिका वडा न. ५ को वडाअध्यक्ष विजय कुमार यादवको सहयोगबाट आवश्यक कागजात बनाइयो । साथै, अभियन्ता रायले सामाजिक जांच प्रतिवेदन (Social Investigation Report SIR) बनाएर सबै कागजात महारास्ट्र पठाए । एक वर्ष अगाडी नै मुकेशलाई घर फिर्ता ल्याउन सबै प्रकृया पुरा भएपनि कोरोना महामारीको कारण एक वर्ष ढिलो भए । यता मुकेशको बुवा विपत मल्लिक र आमा सागर मल्लिक छोरालाई छिटो घर फिर्ता ल्याउन अभियन्ता रायलाई दिनहु फोन गर्ने गर्थे । मुकेशलाई लिन महाराष्ट्र जानु परेन ।अभियन्ता रायको आग्रहमा ओसमानाबाद बालकल्याण समितिको कर्मचारी र भारतीय प्रहरीले मुकेशलाई लिएर सिमा नजिक रहेको सीतामढी सम्म लिएर आएका थिए ।

केहि महिना अगाडी मात्र भारतबाट बेचविखनमा परेको दुई बालिका र हराएका दैलेख जिल्लाको बालक प्रेम विकको उद्धार गरेका अभियन्ता राय भन्छ “अहिले पनि भारतको बालकल्याण समितिको शरणमा नेपालको थुप्रै बालबालिका रहेका छन् र आफु उनीहरुको पनि उद्धार प्रकृयामा लागेको छु ।”

सामाजिक अभियन्ता सरोज रायले गरे उद्धार

                               

प्रतिक्रिया