अवैध उत्खनन र चुरे दोहन विरुद्ध गौरमा प्रदर्शन


  • thebuddhaexpress

१४ फाल्गुन २०७७, रौतहट जिल्लाको सदरमुकाम गौरमा ‘चुरे तथा वन जंगल संरक्षण’ अभियानले विरोध प्रदर्शन गरेका छन । उक्त प्रदर्शन गौरको बिपी चौक बाट शुरुआत भई अदालत चौक सम्म पुगेर कोण सभा गरि टुंगिएको थियो ।

कोण सभामा अभियानका संयोजक समेत रहेका सुनिल यादवले चुरे तथा वन जंगलको दोहन भइरहेको र यसलाई संरक्षण गर्न सम्पुर्ण बुद्धिजीवी, व्यापारी, पत्रकार लगायतका व्यक्तिहरु लाई आ-आफ्नो ठाउँ बाट उठनका निम्ति आग्रह गरेको छ ।

रौतहटमा पर्ने लालबकैया खोला, बाग्मती खोला, चाँदनी खोला र धनसर खोलामा सरकारी मापदण्ड विपरीत गीट्टी बालुवा उत्खनन भइरहेको छ र सो को बारे मा सरकार नै अनभिज्ञ रहेको अथवा सरकार कै प्रतिनिधिको मिलोमतोमा ठेकेदार लाई सहयोग भइरहेको हो भन्ने शंका पनि लागेको कुरा संयोजक यादवले जनकारी गराए ।

उनले अवैध उत्खनन, चुरे दोहन र अवैध क्रसर उधोग बढेकोमा चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्न जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुख र जिल्ला समन्वय समिति लाई ध्यान आकर्षण समेत गराएका छन ।

                               

प्रतिक्रिया