महोत्तरी बाट बेपत्ता सातै बालिका भारतमा फेला


  • thebuddhaexpress

चैत्र १७ गते मंगलवारको दिन महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए । तिनीहरु समुह मै घास काट्न गएका थिए र अबेर राती सम्म घर नफर्किदा खोजीकार्य तिव्र पारिएको थियो । अबेर राती सम्म परिवारजन्यको साथ प्रहरी समेत मिलेर खोजविन गरेका थिए तर फेला परेन ।

सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका लाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिएका हुन् । भारतीय प्रहरीको यी बालिकाहरु गायक बन्न भारत लागेका थिए । उनीहरु संग अन्य पनि कोइ थिए वारे अनुसन्धान हुँदैछ । हिजो राती नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाइ यस घटना वारे अवगत गराएको थियो । महोत्तरीबाट प्रहरीको एक टोली बालिकाहरु लाई फिर्ता ल्याउन सीतामढी निस्को जानकारी अभियन्ता रायले बताए । रायको अनुसार फेला परेको बालिकामा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।

                               

प्रतिक्रिया