प्रथम मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सर्लाही जिल्ला सलेमपुरका सहिद राम नरायण साह कि छोरी क्यान्सर ले सिकिस्त विरामी भएकि छिन ।
मधेशी नेताहरुले सहिद परिवार को रेखदेख अाफ्नो प्रथमिकतामा रहेको बारम्बार भाषणमा भने पनी बास्तबिकतामा सहिद परिवारको दिनचर्या बारे कसैलाई चिन्ता नरहेको देखिन्छ ।
सहिद साह कि १७ बर्षीय छोरी करिश्मा कुमारी साह विगत ६ महिना भन्दा बढी समय देखि क्यान्सर रोगले पिडीत छिन तर कुनै निकाय अथवा कुनै नेता ले सहयोग त छोडौ भेट समेत गर्न पुगेका छैनन ।

सहिद साहकी पत्नी करिश्माको उपचारका लागि सहयोग गर्दिन विभिन्न निकायहरु र ठुला नेताहरुको ढोकामा दिनहु भौतारी रहदा पनि अश्वासन बाहेक अरु केही पाएकि छैनन् ।
दि बुद्ध एक्सप्रेसको टिम संग कुरा गर्दै करिश्माका काका बेचन साह ले भने ” मेरो दाई उपेन्द्र यादव ले अह्वान गरेको २०६३ साल को अान्दोलमा गएर गोली खाए तर त्यही उपेन्द्र यादव हामी संग एक चोटि पनि भेटन अाएनन “। उनका अरु नेताहरु संग अाफ्नो भतिजीको उपचारका लागि सहयोग माग्दा हामी केही सहयोग गर्न सक्दैनौ भनेर ठाडै भन्छन।
उनले थप्दै भने ” के मेरो दाई उपेन्द्र यादव र उनका नेताहरु को परिवार का लागि मात्रै शहादत दिएका थिए जो उनीहरुले अाफ्नो महल ठड्याउन र अाफ्ना मान्छे लाई मात्र जागीर लगाउन प्रयोग गरे “।

साह भावुक हुँदै भने ” दाई बित्दा अामाको दिमागी हालत खराब भयो त्यसको केही दिन पछी बुवा परालाइजड हुनु भो र अब भतिजी लाई क्यासरको बिमारीले सताउदै छ , नेताहरु स्वार्थी त भए भए हाम्रो लागि भगवान पनि निर्दयी बनेको छ “।
उनले भने अस्ति माघ ५ गते बलिदानी दिवसको दिन मेरो भाउजू जनकपुर जानू भएको थियो तीन दिन सम्म त्यहा रुके पनि मुख्यमन्त्री ले चेक बनिसकेको छ भन्नू भयो तर फर्किदा खालि हात नै फर्किनु पर्यो । अब हामी संग पैसाको अभाव छ । भतिजीको उपचारको लागि ४-५ लाख जति ऋण पनि लिनु पर्यो अब अगाडि उपचारका लागि पैसा छैन । ऋण पनि कसरी तिर्ने र अगाडीको उपचार बारे मलाई चिन्ता लागेको छ ।
