सिरहामा बढी ताप का कारण सरकारी मोटरसाइकलमा आगलगी


  • सुरज सिंह

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं ०३, नयाँ चोर्हवा चौक स्थित अशोक पेट्रोल पम्प प्रा. लि. मा आज बिहिबार करिब ३ः३० बजे स. १ ब. १०७६ नम्बरको सरकारी प्लेट मोटरसाइकलमा आगलगी भएको छ। मिर्चैया नगरपालिकाको प्रहरी निरीक्षक बि. न. झाको अनुसार उक्त मोटरसाइकल कर्जन्हा नगरपालिकाको एक कर्मचारी सरोज पासवानको चढने गाडी रहेको र यो मोटरसाइकल बढी तापक्रमको कारण पेट्रोल भराउने क्रममा इन्जिनमा आगो लागेको हो।

आधा भाग जलेको अवस्थामा रहेको क्रममै स्थानीय र प्रहरी मिलेर उक्त मोटरसाइकललाई जल्न बाट जोगाएका थिए । उक्त पेट्रोल पम्पमा आगो नियन्त्रण गर्ने साधन नहुदा स्थानीयले बालुवा र माटो हाली मोटरसाईकल लाई जोगाएको थियो।

                               

प्रतिक्रिया