पहाडको पीडामा मधेशी युवाको ओखती


  • सुरज सिंह

मधेसका शिव यादव लगायतका युवाहरु ले सिन्धुपाल्चोकमा ९ दिन देखि नि :शुल्क खाना खुवाउदै आइरहेका छन ।

भिषण बाढी पहिरोले डुबानमा रहेको बस्तीलाई नगरपालिका, मानव सेवामा खट्ने सँस्था, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र अन्य संस्थाहरुले पिडित परिवारहरुलाई सिन्धुपालचोक जिल्लाको मेलम्ची बजारका इन्देश्वरी माध्यमिक विद्यालयमा उद्धार गरेर राखेका छन्।

मनसुन चढे सँगै अरिबल बर्षाको कारण भिषम बाढी पहिरोले सिन्धुपाल्चोकको हेलम्बु देखि मेलम्ची बजार सम्म क्षति भएको थियो । त्यस दिन देखि नै पिडित परिवारहरुलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएर निःशुल्क रुपमा खाना खुवाउदै आइरहेका छौं उक्त संस्थाको संचालक शिव यादबले बताए। निःशुल्क खाना, खाधन्न र अक्सिजन सेवा RISING 100’S GROUP ले अति विपन्न वर्गका र गरीब  जनता लाई पहिलो चरणको लकडाउन २०७६ चैत १४ गते देखि निरन्तर निशुल्क खाना वितरण गर्दै आएको छ। अहिलेको सिन्धुपाल्चोकको परिस्थितीमा दैनिक बिहान र बेलुका गरी दुई छाक खाना निशुल्क रुपमा औसत १३०० जना पिडितहरुलाई दैनीक रुपमा प्रदान गरीरहेका छन ।

बाढी पहिरोले पिडित परिवारहरुलाई १० बजेको खानामा भात, दाल, तरकारी, साँग र अचार रहेको र बिहानको खाजामा चिया बिस्कुट, चाउमिन, चाउचाउ, खिर जस्ता खाना र खाजा रहेको अभियानी यादवले जानकारी दिए। बिहानको खाजामा औसतमा ६०० जना  र खानामा समेत औसतमा ७०० जना गरी जम्मा १३००को संख्यामा बाढी पिडितलाई दैनिक रुपमा सहयोग गरिरहेका छन्।

आज नवौं दिनसम्म निःशुल्क खाना खुवाउदै आइरहेको र यसलाई अगाडि दिनमा समेत निरन्तर रहने शिव यादबले बताए। अहिलेसम्मको औसतमा कुल दस हजार पिडीत परिवारलाई निशुल्क खाना वितरण गरिसकेको Rising 100’S group का अभियन्ता बताएका छन ।

आर्थिक सहयोग ५० जनाको स्वयम्सेवकहरूको सहयोग , ब्यक्तिगत साँस्थाबाट र अन्य इच्छुक दाताहरु बाट प्राप्त गर्दै आईरहेका छन् ।

खाद्यन्न समाग्री जति गाडीमा लिएर काठमाडौंबाट यता आए त्यो सबै समाग्री वितरण गरीसकेको अभियन्ता यादवले भने। निःशुल्क कपडा बैंक काठमाडौंबाट समेत निशुल्क पिडीत परिवारलाई उक्त साँस्थाकै अगुवाइमा कपडा वितरण गरीरहेका छौँ अभियानी यादवले बताए।

अरिबल बर्षाले घर, धन गुमाएका सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका – ०२, मा गत मंगलबारका दिन हेमराज थापाको नेतृत्वमा Hamro Team Nepal र Rising 100’S GROUP Nepal को संयुक्त आयोजनामा ७५ जना बाढी पिडीत परिवारलाई चामल, दाल, नुन, तेल, ओछ्यानको समाग्री , बाल्टिन, ग्याँस चुल्हो जस्ता समाग्री वितरण गरेका अभियन्ता यादवले बुद्ध एक्सप्रेसलाई जानकारी दिए ।

                               

प्रतिक्रिया