अभाव पूर्ति गर्न कोरोना कहरमा SYSS द्वारा रक्तदान सम्पन्न


  • सुरज सिंह

कोरोना कहरले मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि “मानवताका लागि कार्य” गर्ने सनराइज यूथ सिरहा सञ्जाल द्वारा सिरहा जिल्ला गोलबजार नगरपालिका – ०४ स्थित गोलबजार अतिथि सदनमा २४ पिन्ट रगत सङ्कलन गरिएको छ ।

गोलबजार अथिती सदन कार्यालय र नेपाल रेडक्रस सोसाइटी, लहान शाखाको संंयोजनमा आज मिती २०७८ असार ५ गते शनिबारको दिन “रक्तदान जीवन दान” भन्ने उक्तिलाई सार्थकता दिदै आयोजित कार्यक्रममा १ महिला र २३ पुरुषले रक्तदान गरेको आयोजक सनराइज सिरहा युवा सञ्जालका उपाध्यक्ष पारस कुमार चौधरीले जानकारी दिए ।

ब्यापार संघ गोलबजार अतिथि सदनका अध्यक्ष भरत अग्रवाल अतिथिको रुपमा उपस्थित रहेको थियो। सनराइज सिरहा युवा सञ्जाल संस्थाले रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग ब्यक्तिगत साँस्थाले बेहोर्नुको साथै रक्तदातालाई E-CERTIFICATE (प्रमाणपत्र) प्रधान गर्ने उक्त साँस्थाको उपाध्यक्ष चौधरीले बताए। सामाजिक दूरी, माकस, सेनिटाइजर ब्यबस्था कायम गरी रक्तदाता र स्वयंसेवकमा समेतलाई उपलब्ध गराएका थिए ।

रगत अभावको कारण उपचार्थ सिरहाका बिरामीहरुको जीवन नै जोखीम पर्न सक्ने खतरा रहेकोले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको थियो। अघिल्लो बर्षमा रक्तदान कार्यक्रमा एकपल्ट ५१ युनिट, अर्कोपल्ट ४५ युनिट रगत सङ्कलन यसै सञ्जालबाट आयोजनामा संङगलन गराएका उपाध्यक्ष चौधरीले जानकारी दिए।

उक्त अवसरमा सिरहा युवा सञ्जालकी अध्यक्ष शोभा साहले स्वयंसेवी, रक्तदाता लगायत सहयोगीलाई धन्यवाद दिदै आउँदा दिनमा पनि यस्तै सामाजिक कार्यमा साथ पाउने अपेक्षा गरेकी रहेछिन्।

                               

प्रतिक्रिया