एक सिरहाली युवाले काठमाडौंमा करीब डेढ लाख मानिस लाई नि:शुल्क खाना खुवाए


  • सुरज सिंह

नेपाल सरकारले कोबिड – १९ महामारीका कारण घोषणा गरेको लकडाउनकाले दैनिक ज्याला मजदुरी गर्न नपाएका गरिब तथा विपन्न मजदुरलाई निःशुल्क खाना वितरण, कपडा वितरण गरिएको छ । प्रदेश २ सिरहा जिल्ला स्थित सुखिपुर नं.पा. २ बसोवास गर्ने स्व. रामपृत यादवको छोरा शिव कुमार यादवले निःशुल्क सेवा १०० गुप नामक साँस्थाबाट निःशुल्क कपडा र खाना वितरण गर्दै आइरहेको छ।”कोही भोकै नबसुन” मुल नारा सहित करिब चारसय मजदुरलाई दैनिक रुपमा एकछाक तयारी खाना निःशुल्क वितरण गर्दै आएको हो।

निःशुल्क सेवा १०० ग्रुप काठमाडौं साँस्थाको प्रमुख व्यक्तित्व ४ जना रहेको छ। उक्त साँस्थाको संचालक अशु यादव साथै शिव कुमार यादव, देवेन्द्र पराजुली र जयाइरा बोहोरा रहेको छन्।

विश्व माहामारी कोबिड १९ को सङ्कटकालीनमा नेपाल सरकारको प्रधानमन्त्री केपी ओली भन्नुभएको निषेधाज्ञाका कारण कोही भोकै बस्दैन त्यसपश्चात पनि विपन्न वर्गका जनता भोक भोकै बस्नुपरेको थियो। यस परिस्थितिमा निःशुल्क सेवा १०० गुप नामाक साँस्थाले जन्ताको पिडा हरेर उक्त साँस्थाले लकडाउनको पहिलो चरण २०७६ चैत १४ गतेदेखि नै निःशुल्क खाना अभियान सञ्चालन गर्दै आइरहेको जान्कारी उक्त अभियानका अभियानि शिव यादवले जान्कारी गराए ।

चार सय आठार दिनदेखि लगातार निःशुल्क खाना वितरण गरदै आइरहेको , एकदिनमै बढीमा ८०० जना सम्म विपन्न वर्गलाई खाना खुवाएको र यसतै परिस्थिति रहुनजेल सम्म खाना खुवाउदै रहेने उन्ले भने ।

लकडाउनकाको पहिलो चरणमा उन्क्को टिमले काठमाडौं स्थित अमाननगर, शान्तिनगर र बालकुमारी लगायत ठाउँमा औसत दैनिक ३००-४०० संख्यालाई खाना वितरण गरेको साथै कपडा वितरण पनि गरेको थियो। “औसत रुपमा डेढ लाख मानीसलाइ खाना खुवाइ सकेको र अरू कुनै संस्थाले यती धेरै मानिस लाई निसुल्क रूपमा खाना नखुवाएको” यादवले बुद्ध एक्सप्रेस संग कुरा गर्दै दाबी गरे।
पहिलोपटको लकडाउनमा खुलामञ्चमा खाना खुवाउदै आइरहेको थिए तर संविधान दिवसको दिन रास्ट्रपति बिधादेबि भनडारी संविधान दिवस मनाउन टुडिखेल आउने भएपछि उक्त ठाँउमा खाना खुवाउन रोक लगाएका थिए ।तत्पश्चात् यादवले महानगरपालिका संग पहल गरि
थापाथलीको प्रसूतिगृह पछाडिको खाली जागा माहानगरपालीकाले उपल्ब्ध गराएको थियो ।

https://www.facebook.com/hallabolnetwork/

“अभियान सुरु गरेको दिनमा दस हजार पन्ध्र हजार साथी साथी बिच उठाई निःशुल्क खाना वितरण अभियान सञ्चालन गरेको थियौँ र खुल्लामञ्चमा खाना गरिव र विपन्न वर्गको मजदुरलाई खाना खुवाउदै गरेको भिडियो भाइल भएपछि सहयोगी मनहरूले आफ्नो जन्मदिनको, बार्षिकोत्सवमा खर्च नगरि हामीलाई पाँच हजार दस हजार गरी साँस्थाको नाममा दान आउन थालेको, साथै सहयोगी दातारू दाल चामल देश र विदेशबाट सहयोग समेत भयो र त्यसै अनुसार विपन्न वर्गका जनतालाई निरन्तर रुपमा मानव जीवन र जन्ता सेवाका निम्ति निःशुल्क खाना वितरण गर्दै आइरहेका छौँ” यादवले भने ।

यस नयाँ भेरियन्टको कोबिड १९ जोखिमले गर्दा अक्सिजन सिलिन्डरको अभावले गर्दा धेरै मानिस ज्यान घुमाइरहेका हुँदा यादवले कोरोना संक्रमितको उपचारका लागि निःशुल्क अक्सिजन पनि उपलब्ध गराउन थालेका छन्।उन्ले आफ्नै खर्चमा पाँचवटा सिलिन्डर किनेको र विभिन्न ठाँउ बाट संकलन गरि १८ वटा अक्सिजन सिलिन्डर व्यवस्था गरेका छन् र अति आवश्यक पर्ने विरामीलाई अक्सिजन समयमै निःशुल्क दिने गरेका छन।

” यस नयाँ भेरियन्टको कोबिड १९ मा अक्सिजन अभावले गर्दा जन्ताको ज्यान नजाओस र अमुल्य जिवनको रक्षा होस् त्यसैले अक्सिजन सिलिन्डर समयमै पुर्‍याउँछौ र अहिलेसम्म १३० संख्याको कोविड १९ विरामी ज्यान जोगाएर उदार गरेका छौं” यादवले भने।

                               

प्रतिक्रिया