2021 मा अभियन्ता सरोज रायको अविश्वासनीय सामाजिक कार्य


  • thebuddhaexpress
Social Activist Saroj Ray

समाजमा भएकाे समस्यालाई हरबखत दिनरात लागेर समाधान गरी जनता माझमा एक कर्मठ योद्धा, सामाजिक हिरोको रुपमा समेत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक अभियन्ता सरोज रायले सन २०२१  मा आफुले  गरेको विभिन्न ६५ वटा  महत्त्वपूर्ण समाजिक कार्यहरुको शुचि  सार्वजनिक गरेका हुन ।

विगत दुई बर्षको अबधिमा लगभग एक सय पचास बालबालिका र एक हजार भन्दा बढी नेपाली कामदार बिदेशमा अलपत्र रहेका समेत लाई उद्धार गरिसकेका अभियन्ता रायले आफ्नो समाजिक सन्जाल फेशबुक मार्फत आफ्ना कामहरु सार्वजनिक गरेका हुन् ।

भारतबाट मोरंगको उद्धार गरिएका बालिका संग अभियन्ता सरोज राय

2021 लाई फर्केर हेर्दा – सरोज राय

जनवरी १: टिकापुर विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान घोषणा कार्यक्रममा #TMNC को तर्फबाट नेतृत्व भूमिका गरेका हुन्।
जनवरी २: काठमाडौँ, प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलनमा सहभागिता भएको हो।
जनवरी ५: भारतको भागलपुरबाट सिरहा जिल्ला लक्ष्मीपुर पतारी गाउंपलिका सितापुर निवासी हरि शंकर चौधरीको पांच वर्ष देखि हराई रहेको छोरा कृष्ण चौधरीको उद्धार गरेको हो।
जनवरी ६ देखि जनवरी १०: साउदीमा विगत ६ वर्ष देखि कारागारमा रहेको बुटवलको दामोदर छेत्रीलाई नेपाल फिर्ता ल्याउन वैदेशिक रोजगार बोर्ड, श्रम मन्त्रालय, अर्थ मन्त्रि विष्णु पौडेल संग भेटि पहल गरेको हो।
जनवरी १२: काठमाडौँ, प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलनमा सहभागिता भएको हो।
जनवरी १४: महोत्तरीको रम्तेल डांडा सामुदायिक वनको अनाधिकृत रुपमा कटान गरिएको ४०० रुखको छानबिन गर्न र दोषिलाई कार्यवाही गर्न चुरे तथा वनजंगल संरक्षण अभियान मार्फत पत्रकार सम्मेलन गरेको हो।
जनवरी १८: माइतिघर मण्डलामा TMNC ले आयोजना गरेको बलिदानी दिवसमा सहभागिता रहेको हो।
जनवरी २५: काठमाडौँ, प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलनमा सहभागिता, प्रहरीको लट्ठी पनि खाइएको हो।
फेरबरी ८: सर्लाही हरिपुरवाको मुकेश मल्लिक डेढ वर्ष पछि भारतको महाराष्ट्र बाट उद्धार भइ घर फर्केको । Dec 21, 2019 देखि नै उद्धार प्रक्रियामा पहल गरेको थिए ।
Feb12: काठमाडौँ, प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलनमा सहभागिता गरेको हो।
Feb13: मलेसियाबाट घर फर्किन समस्या परेको सर्लाहीको राम्नान्दनको उद्धार गरेको छ।
Feb14: सौदिको रियाद स्थित OBEID अस्पतालमा सिकस्त विरामी रहेको सिरहा निवासी सुशील कुमार साहलाई सहयोग गर्न साउदीमा रहेको दुतावास र नेपालीहरु संग सहकार्य गरेको हो।
Feb17: बाढीको कारण भारतको उत्तराखण्ड स्थित ऋषि गंगा पावर प्रोजेक्टको सुरुङ्गमा फंसेको र लापता रहेको नेपाली मजदुरहरुको उद्धारको लागि भारतीय संघसंस्थालाई फोन मार्फत सम्पर्क गरि सहयोग गरेका हुन्।
Feb23: गणतन्त्र यौद्धा महोत्तरी सोनमाको स्व. जोगी साहलाई राज्यबाट सम्मान दिलाउन तत्कालिन गृहमन्त्री बादल संग भेटगरी पहल गरेको हो।
March19: मलेसियाबाट सर्लाही, रौतहट, पर्सा र धनुषाको ६ जना कामदारलाई उद्धार गरेको छ।
March25: प्रदेश न. २ को शहिद परिवारको मांग पुरा गराउन  मुख्यमन्त्री संग भेटवार्ता गरेका हुन्।
March30: जनकपुरको ७० वर्षीय वृद्ध आमाको २४ वर्षीय कैंसर पिडित छोरा शम्भु मिश्रको उपचारको लागि आर्थिक संकलनमा सहयोग गरेको हो।
March31: महोत्तरी, भंगहा नगरपालिका धर्मपुर गाउँको लापता भएका ७ बालिकालाई खोज्न र नेपाल फिर्ता बोलाउन सीतामढीको रेल्वे प्रहरी र बालकल्याण समिति संग पहल गरेको हो।
April4: जनकपुर वार्ड न. १२ हनुमाननगर निवासी विन्देश्वर सदाको १३ वर्ष देखि लापता छोरा मनोज सदालाई भारतको पंजावबाट घर फर्काउन सहयोग गरेको हो।
April20: भारतको दरभंगाबाट दुई बालक उद्धार १. धनुषा जिल्ला जनकनन्दनी नपा-१ महुवा निवासी विष्णुदेव दास तत्माको १२ वर्षीय छोरा जय कुमार दास, २. सप्तरी जिल्ला शम्भुनाथ नपा-८ बैर्याही निवासी अब्दुलाहको १४ वर्षीय छोरा अब्दुल रहमान गरेका हुन्।
April21: तिन वर्ष देखि लापता रहेकी धनुषा जिल्ला जनकपुर थुमानाको तारा देवीलाई भारतको मध्यप्रदेश राज्य, जिल्ला उमरिया, मानिकपुरी पंचायतको विजापुरी गाउँ पुगेर उद्धार गरेका हुन्।
April22: मध्यप्रदेश उमरिया जिल्लाको कलेक्टरबाट प्रशंसा र उपहार ग्रहण प्राप्त गरेका हुन्।
June2: वीर अस्पताललाई VCN को सहयोगमा कोरोना सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
June2-19: कोरोना संक्रमितको लागि सर्लाही बरहथवा नपा-७ स्थित श्री रत्नराज्य जगन्नाथ लक्ष्मीनिया माविमा २५ थान आक्सिजन सिलिन्डर, ५ थान आक्सिजन कन्सनट्रेटर सहितको २५ बेडको आइसोलेशन सेन्टर निर्माण  गरेका हुन्।

अभियन्ता सरोज राय, डिएसपी उद्धव भाट र नविन यादव

June12: दुर्घटनामा परि सख्त घाइते भएका चुरे अभियानी सुनिल यादवलाई लालगढबाट उद्धार गरि जनकपुर र रातारात विरगंज लगेर उपचार गराएको हो।
June25: शंकास्पद मृत्यु भएको सर्लाही बरहथवा-५ निवासी नियामत मियाँको अनुसन्धानको लागि पहल (तर रिजल्ट आएको छैन)।
June25 देखि July11: महोत्तरी जिल्ला भमरपुरा गाउँमा हत्या भएकी सुजिता ठाकुरको शव खोज्न, मुद्दा दर्ता गराउन र हत्यारा सजा दिलाउन जोडदार पहल, रिजल्ट सबैको सामुनेमा छ ।
July7: महोत्तरी गौशाला नगरपालिका वडा न. ११ ससुराल मै शंकास्पद मृत्यु भएको रिंकु महतोलाई न्याय दिलाउन पहल तर माइते पक्ष ससुराली पक्षसंग सम्झौता गरेपछि पछि हटे।
July15: सप्तरी जिल्ला तिलाठी कोइलाड़ी गापा-४ निवासी नेता सुरजित सिंह उर्फ गुड्डु सिंहको निजि पोखरमा मोटर मरम्मत गर्दागर्दै कसैको लापरवाहीमा करेन्ट लागेर मृत्यु भएको धर्मदेव कामतलाई न्याय दिलाउन गाउँ पुगेर घरपरिवार संग भेटघाट गरियो, सुरजित सिंहले क्षतिपुर्ति दिने वाचा गरेपनि अहिले सम्म गरेको छैन, प्रहरीको चरम लापरवाही देखियो।
July25: धनुषाधाममा सानो विवादले ठुलो रुप लियो, करेन्ट लागेर एकको मृत्यु र दुइजना अस्पताल भर्ना भए, धनुषाधामको प्रहरीले मुद्दा दर्ता गर्न मानेन, पीडक संग नै नजदिकी देखियो, पछि आफै धनुषाधाम पुगेर दवाब दिंदा मुद्दा दर्ता त् भयो तर प्रहरीको गलत अनुसन्धानले पिडितले न्याय पाएन । फेरी पुनरावेदन गरियो।
Aug13: सिरहा जिल्लाको मारुती सिमेन्ट फ्याक्टरीले कब्जा गरेको वनको जग्गा फिर्ता गराउन र सिरहा वन डिविजन कार्यालयको प्रमुखले गरेको भ्रस्टाचारको छानविन गर्न चुरे अभियानीले सुरु गरेको आमरण अनशनलाई सफल बनाउन साथ र पहल, परिणाम स्वरुप आठौँ दिन प्रदेश सरकारको मन्त्रिले ७ बुंदे सम्झौता गरियो जसमा दिलिप महतोको पनि मुद्दा समावेश गरियो ।

सुकुम्बासी समस्या समाधानको लागि आन्दोलन

Aug21: भारतको दरभंगाबाट तिन बालक उद्धार १. सिरहा जिल्ला पतार्को अमरलाल दास, २. सिरहा जिल्ला लहानको महादेव पासवान र ३. महोत्तरी जिल्ला सुगा गाउँको सत्यम लाल झा । पछि तिनै बालकलाई सम्बन्धित जिल्लाको प्रहरी मार्फत परिवारलाई जिम्मा लगाए।
#Aug25: १० वर्ष पहिला हराएकी महोत्तरी जलेश्वरको चन्द्र कुमारी चौधरीलाई भारतबाट ल्याउन पहल सुरु, छोराको लापरवाहीको कारण अहिले सम्म ल्याएको छैन ।
Aug28: दिल्लीमा हराएको इनु बहादुर लाई १० वर्ष पछि भारतको बेतियाबाट उद्धार गरेको छ।
Aug28: भारतको गोपलगंजबाट झापा जिल्ला विर्तामोडको चेतन परियारको उद्धार गरेको छ।
Aug30: विर्तामोड पुगेर प्रहरीको रोहवरमा चेतन परियारलाई परिवारको जिम्मा लगाए, स्थानीय समाजबाट सम्मान भएको हो।

बिर्तामोडको बालक भारतबाट उद्धार

Sep1: मलेसियाबाट सर्लाहीको एकजना कामदारलाई उद्धार गरेका छन्।
Sep9: लापता भएकी महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको अन्जली लाई खोज्न पहल गरेको हो।
Sep13: टिचिङ्ग अस्पतालमा उपचाररत पर्सा जिल्लाको आन्दोलन घाइते मुन्सी पटेलको भतिजलाई औषधि सहयोग र आर्थिक सहयोग संकलनमा सहयोग तर उनि बाचेंन ।
Sep15: चितवनबाट भारत तर्फ पर्सा जिल्ला हुँदै भईराखेको हाती पैठारी रोक्न सानो प्रयाश, सर्वोच्चले लियो संज्ञान ।
Sep19: TMNC द्वारा माइतिघर मण्डलामा बलिदानी दिवस आयोजन गरेको हो।
Sep20: निर्दोष भएर पनि मलेसियामा एकजनाको हत्या अभियोगमा पक्राउ परेको रौतहट जिल्ला इनरवाको सुरेन्द्र साह बनियालाई रिहाइको लागि पहलको सुरुवात, वैदेशिक रोजगार बोर्डले कानुनि सहायता दिन सहमत तर दुतावास र बोर्डको कुरा खोइ के नमिलेर सुरेन्द्र रिहा भएको छैन, प्रयाश जारी रहनेछ ।
Sep24: काठमाडौँमा उपचाररत धनुषा जिल्ला गणेशमान चारनाथ नपा-१० बरमझिया निवासी भारत कापडको आठ दिनको छोरीलाई उपचार खर्चको लागि आर्थिक संकलनमा सहयोग गरेको हो।
Sep25: बंलेसी साहित्य समाज, नेपालबाट जनकपुरमा आयोजित एक कार्यक्रममा सम्मानपत्र ग्रहण गरे।
Sep26: राजश्री जनक विश्वविधालय क्याम्पसका आन्दोलित शिक्षकहरु लाई समर्थन र साथ दिन क्याम्पस पुगेर भेटघाट गरियो ।
Sep27: परिवारको सदस्य बाट प्रताडित भइराखेकी जनकपुर-१३ विन्धीको गीता देवी चौधरीलाई न्याय दिलाउन जिल्ला प्रशासन कार्यालय, धनुषाको सिडियोको सहयोगमा महिला सेलमा मुद्दा दर्ता गरेको हो।
Sep29: जग्गा विवादमा कुटपिट भई घाइते भएका मठियानी नपा-४ गबरौडा निवासी विरेन्द्र यादवको मुद्दा दर्ता गराउन पहल, पछि झगडियाले अस्पताल खर्च दियो र जग्गा विवाद पनि सल्टियो  ।
Sep29: सर्लाही बलरा नपा-६ हरेन्द्र हजारीको उपचारको लागि आर्थिक संकलनमा सहयोग गरेको हो।
Oct1: सुकुम्वासी समस्या समाधानको लागि चुरे तथा वनजंगल संरक्षण अभियान मार्फत महोत्तरी जलेश्वरमा आन्दोलन ।
Oct5: सुकुम्वासी समस्या समाधानको लागि चुरे तथा वनजंगल संरक्षण अभियान मार्फत जनकपुरमा आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन, प्रदेश सरकारलाई ज्ञापनपत्र ।
Oct7: सर्लाही बरहथवा नपा-७ स्थित श्री रत्नराज्य जगन्नाथ लक्ष्मीनिया माविको छात्राहरुलाई बेटी पढाउ बेटी बचाउ अभियान मार्फत साइकल वितरण कार्यक्रममा सहभागी ।
Oct31: सुकुम्वासी समस्या समाधानको लागि चुरे तथा वनजंगल संरक्षण अभियान मार्फत सर्लाहीको लालबन्दी स्थित बागवानी फारममा अन्तरक्रिया कार्यक्रम ।
Nov1: साउदी पुगेर साढे तिन वर्ष देखि परिवारसंग सम्पर्क विहिन रहेको महोत्तरी सिंघयाही निवासी शिव कुमारको पत्ता लगाएर परिवार संग फोनमार्फत सम्पर्क, नेपाल फिर्ता ल्याउन वाकी छ ।
Nov18: भारत सीतामढी जिल्लाको सिरसिया पंचायतको ४० जना श्रद्धालु कमला नुहाउन जाँदै गर्दा तिन्कोरिया नजिक चालकको बदमाशीले दुर्घटनामा परे, जनकपुर प्रादेशिक अस्पताल र रामजानकी अस्पतालमा सबैको उपचारमा सहयोग गरे, सिकिस्त्लाई राति नै एम्बुलेन्सबाट सीतामढी पठाए, यसमा दुइ जनाको नेपालमा मृत्यु भयो र एकजनाको पछि उपचारको क्रममा सितामढीमा मृत्यु भयो।
Nov19: रामजानकी अस्पतालमा उपचाररत सबैको उपचार खर्चको जिम्मेवारी स्वंम लिएर सबैलाई आफ्नो गाडीमा राखेर सिरसिया पुर्याई दिए, धनुषा जिल्ला प्रहरीमा पनि मुद्दा दर्ता गरे ।
Dec2: भारत सीतामढीबाट सर्लाही जिल्लाको पांचजना डोम किशोरहरुको उद्धार, यिनि सबैजना एजेन्ट मार्फत भारतमा रोजगारी गर्न जाँदै गरेको बेला १८ वर्ष मुनिको भएको कारण भारतीय प्रहरीले समातेर बालकल्याण समितिलाई बुझाएका थिए ।
Dec3: महोत्तरी मनरासिसवा नपा-६ नरेश ठाकुरको चार वर्षीय चोरी अंकिता ठाकुरको किड्नी उपचारको लागि आर्थिक संकलनमा सहयोग ।
 Dec10: जस्टिस फोर आल द्वारा काठमाडौँ, इन्द्रेणी रेस्टुरेन्टमा आयोजित ‘महिला हिंसामा पितृसत्तात्मक सोचको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी ।
Dec20: सुकुम्वासी समस्या समाधानको लागि चुरे तथा वनजंगल संरक्षण अभियान मार्फत जनकपुरमा रैली,  जिल्ला प्रमुख मार्फत सम्मानीय प्रधानमन्त्री ज्युलाई ज्ञापनपत्र ।
 Dec21: भारतको बेगुसरायबाट मोरंग जिल्ला केराबारी गाउँपालिकाको वन्दना विक र जहदा गाउँपालिकाको सफलता पौद्दारको उद्धार ।
Dec22: मोरंग जिल्ला प्रशासन कार्यालयको रोहबरमा दुवै बालिकालाई परिवारको जिम्मा लगाए ।
Dec23: धनुषा महेन्द्रनगरको बलात्कार पिडित बालिकालाई न्याय दिलाउन गर्दै आएको पहलको निरन्तरता दिदै मानवाधिकारकर्मी अधिवक्ता मोहना अन्सारी ज्यु संग धनुषा जिल्ला अदालात, फेरी पेशी सरे पछि महान्यायाधिवक्ता संग मोहनाजी ले गुनासो राख्नु भयो ।
Dec26: सर्लाही जिल्ला चन्द्रनगर गापा-६ मुशहर टोलको ३० जना गाउँ कै एजेन्ट मार्फत भारत उत्तर प्रदेशको फरिदावाद जिल्लामा काम गर्न गएका मध्य ३ जनाको शंकास्पद मृत्यु भयो र २० जना अझ बन्धक सरह रहेकोले उद्धार प्रक्रियामा सहयोग गर्न गाउँ पुगेर परिवार संग भेटघाट गरि सबै कुरा विस्तारले बुझे र आवश्यक कागजात संकलन गरे ।

भारतमा बन्धक बनाएका सर्लाहीको मजदुरको लागि पहल

Dec29: भारत यूपीमा बन्धक २० जना नेपाली कामदारको उद्धारको लागि काठमाडौँ स्थित भारतीय दुतावासमा गएर कन्सुलर संग भेट गरे (यस वारे फेसबुकमा पोस्ट गरेका छैन)
Dec31: सउदीमा मृत्युदण्ड पाएर १६ वर्ष देखि जेलजिवन बिताई रहेको उदयपुरको विवेक दाहालको जिवनरक्षाको लागि २०१८ देखि नै निरन्तर पहल गरिरहेको छ । सउदी जान परराष्ट्र मन्त्रालयको सहयोगमा राईको भिषा पनि लागेको थियो तर कोरोनाले गर्दा जान पाइन । अभियान्ता राय जान नपाए पछि मन्त्रालय मार्फत अति आवश्यक कागजात सउदी पठाए जुन विवेकको जिवनरक्षाको लागि संजिवनी बुट्टी साबित हुनेछ ।यसै सम्बन्धमा गांवबाट आएका विवेकको वृद्ध आमा र बहिनीलाई लिएर गत विहीवार परराष्ट्र मन्त्री डा. नारायण खडका सँग निवासमा भेटघाट गरियो र  शुक्रवार मन्त्रालय पुगेर विवेकलाई बचाउन सक्ने विकल्पहरू वारे छलफल भयो । विकल्पहरू अविलम्वन गर्न मन्त्रालयले सक्दो पहल गर्ने आश्वासन दिएको छ।   
अभियन्ता रायको विवादित विषय उमेश यादवको आर्थिक अभियानको हिसाब सार्वजनिक गर्न नसकेको कारण राय माथि प्रश्नचिन्ह लाग्ने  छ। सामाजिक कार्यव्यस्ताले हिसाब सार्वजनिक गर्न ढिलो भएको र यसको लागि सबैसंग अभियन्ता राय माफी मागे । हिसाब अवश्य सार्वजनिक हुने रायले जानकारी दिए।

उन्खु किसान आन्दोलनलाई बल दिदै अभियन्ता राय

                               

प्रतिक्रिया