SSYS को बार्षिकोत्सवमा सेनिटरी प्याड वितरण


  • सुरज सिंह

“स्वच्छ महिनावारी सुनिश्चित भविष्य” मूल उद्देश्यका साथ सनराइज युथ सिरहा सञ्जाल(SSYS)ले पहिलो वार्षिकोत्सवको अवसरमा शनिबार महिनावारी सरसफाईको महत्व दर्साउदैं सेनेटरी प्याड वितरण गरेकोे छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा – ११,सितापुरमा रहेको दलित बस्तीका १० बर्ष माथिल्लो महिला र छात्राहरुलाई लक्षित गरी ४० थान सेनेटरी प्याड वितरण गरिएको हो ।

सो अवसरको सुरुमा मास्क वितरण गरी विधालय जान प्रेरणा दिएर शैक्षिक सामग्री (कपि र कलम) वितरण गरेका सञ्जालले बताए।  

महिलाहरुको प्राकृत महिनावारीमा सरसफाई, पौष्टिक खानेकुरा, पिरियडमा समस्याको समाधान र महत्वबारे प्रशिक्षक रन्जिता कुमारी सिहंले जानकारी दिएकी थिईन् ।

महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, सकारात्मक तथा नकारात्मक पक्षले तराई भेगमा अझैँ व्यापक समस्या र ‘झोपडी’ प्रथा बारेमा पनि सामान्य जानकारी प्रशिक्षक सोभा साहले बताईंन्।

पिरियडको वेलामा अझैपनि घरमा समेत सहज वातावरण नहुँदा छात्राहरुले पढाइमा असर पर्ने काम भइरहेकाले यसबारेमा पनि अभिभावकले ध्यान दिनुपर्ने कार्यक्रमका अतिथिको रुपमा समाजसेवी तथा शिक्षक देविन्द्र यादवले वताए ।

सनराइज युथ सिरहा सञ्जालका अध्यक्ष शोभा साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उदघोषण पारस जयसवालले  गरेका थिए भने सेनेटरी प्याड वितरण कार्यक्रम सफल पार्न उपस्थितिमा सञ्जालका कार्यसमितिले धन्यवाद व्यक्त गरेका थिएँ।

कार्यक्रममा सञ्जालका संस्थापक,अध्यक्ष, उपाध्यक्ष, कार्यकारी सदस्य, मिर्चैया-११का समाजसेवी र सितापुरको दलित महिला, छात्राहरु लगायतको सहभागीता रहेको थियो ।

                               

प्रतिक्रिया