शौचालयको टंकी भित्र गाडिएको थियो सुजिताको शव


  • thebuddhaexpress

सुजिता ठाकुरको शव एक महिनाको अथक प्रयास पछी आज फेला परेको छ । शव फेला पर्नुमा माइतीपक्ष र समाजिक अभियन्ताहरुको दवाव तथा संघ, प्रदेश र जिल्ला प्रहरीहरुको दिनरातको मेहनत नै रहेको छ ।

सफलता पछाडीको मेहनत
सेलाउन थालेको घटनालाई अभियन्ता सरोज रायले फेरी उठायो र चौतर्फी दबाव आएपछि प्रहरीको अगुवाईमा असार १३ गतेका दिन जब ससुरा पतिराम ठाकुरको खेतमा शव खोजतलास शुरु भयो त्यतीबेला पुरै शव भेटिएको थिएन । पुरै शव नभेटे पनि लगभग ४ फिटको खाडल खन्दा कपाल, नुन, खाद्य , तन्ना र डोरी भने फेला पारेका थिए ।

त्यसपछी पनि शवको खोजबिन जारी नै थियो । प्रहरी हिरासतमा रहेको सुजिताको देवर रुपेश ठाकुरले निकै प्रयास पछी अपराध स्विकार गरेको थिए । रुपेशले अपराध स्विकारे पछि उनलाई लिएर प्रहरीले उनले भनेकै ठाउँमा डोजर लगाएर खोजतलाश गरेको थियो । रुपेशले शव गाडिएको ठाउँ वारे प्रहरीलाई झुठ बोल्दै आएको कारण दुई दिनको खोजतलाशमा पनि उनले भनेको ठाउँमा शव भेटिएन । प्रदेश प्रहरीको अनुसन्धान टोलिले फरक ढंगले शव पता लगाउन अनुसन्धान सुरे गरे र स्रोतका अनुसार हिजो सुजिताका ससुरा पतिरामको नजिकका मान्छेहरु तीन जना थप लाई प्रहरीले पक्राउ गरेका थिए ।

उनिहरु बाट नै सुचना पाएपछी प्रहरीले आज बिहान भमरपुरा जनकपुर सडकखण्डमा रहेको पेट्रोल पम्पसंग टांसिएको पतिरामको जग्गामा खोजतलाश सुरु गरे । जग्गाको भने ठुला काठहरु थुपारेका राखिएको थियो । काठहरुको तल निर्माणाधीन रहेको ट्वाइलेटको टंकी ढलान भईसकेको अवस्थामा थियो । ढलान भएकाले अलिकति पनि गन्धको पत्तो थिएन । ढलान फुटाए पछि अत्यधिक गन्ध आएको देखेर प्रहरीको शंका यकिनमा बदलीयो ।

त्यसपछी त्यहा पुगेका प्रदेश प्रहरीका डीएसपी ज्ञान कुमार महतो, संघीय प्रहरीका डिएसपी छेदीलाल कामती र जिल्ला प्रहरीको डिएसपी विष्ट लगायतका टोलीको संयुक्त प्रयासले सुजिता ठाकुरको शव सौचालयको हौज (टंकी) को तलबाट फेला पर्यो । टाउकोको अगाडीको भागमा कपाल थिएन । यो भन्दा पहिलाको खुदाईमा कपाल भेटिएको थियो, उक्त स्थानबाट शवलाई निकालेर ५०० मीटरको अन्तरालमा रहेको पतिरामको आफ्नै जग्गामा निर्माणधीन रहेको सौचालयको हौज (टंकी) तल लुकाइएको थियो । शवलाई टंकीको तल गाडेर माथिबाट ढलान समेत गरि काठले छोपेको थियो ।

शव फेला परे पछी डिएसपी ज्ञान कुमार महतोले बुद्ध एक्सप्रेस संग भने ‘दोसीहरु लाई कानुनमा भएको कडा भन्दा कडा सजाय दिलाउन प्रयास गर्नेछु र उनिहरुलाई कुनै पनि बहानामा उम्कन दिने छैनौ ।’

घटनास्थलमा प्रदेश २ का डिआइजी उमेश रंजितकार समेत पुगेका थिए । तर त्यंहाको जनप्रतिनिधिहरुले शुरुदेखी नै घटनाबारे कुनै चासो राखेका छैन । शव भेटिएपछि स्थानीय युवाहरुले प्रदेश प्रहरी जिन्दावाद, अभियन्ता सरोज राय जिन्दावाद, दोषीलाई कडा सजाय दे नारा लगाउँदै प्रदर्शन गरेका छन् । घटना स्थलमा समाजसेवी गुन्जा राय, पत्रकार र स्थानीयको ठुलो भिड रहेको थियो ।

शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । पोस्टमार्टम पश्चात सुजिताको बुवाले छोरीको अन्तिम संस्कार पतिराम ठाकुरको घर मै गर्ने बताएको छ ।

सुजिताको घटना उठान गर्ने अभियन्ता सरोज रायले दोषी परिवार लगायत हत्यामा संग्लन अन्यलाई कडा भन्दा कडा सजायको मांग गर्दै घटनालाई दबाउने प्रयाश गर्ने माथि अनुसन्धान गर्नुपर्ने बताएको छ ।

                               

प्रतिक्रिया