तराई मधेश रास्ट्रिय परिषदका का बौद्धिक सदस्य स्वर्गीय अरुण महतोको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ |
धनुषाको महेन्द्रनगर स्थित उनकै निवासमा १३अौ पुण्य तिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा जनता समाजवादी प्रदेश २ को प्रमुख सचेतक एवम सांसद परमेश्वर साह प्रमुख अतिथिको रुपमा रहेको थियो | कार्यक्रममा मृतक महतो प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मधेशको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपुर्णीय क्षति भएको छ र सामाजिक सचेतना विकाश मा स्वर्गीय अरुण महतोले पुर्याएको योगदान लाई बिर्सीन नसकिने साहले भने |
जनता समाजवादी पार्टी प्रदेश २ को प्रदेश साभा सांसद बिक्की यादवले स्वर्गीय महतो लाइ इमान्दारिताको प्रयावाचीको संज्ञा दिदै आफुले आफ्नो राजनीतिक गुरु गुमाएको भन्दै दुख व्यक्त गरे | उनले भावुक हुदै भने “यो परिवार संग मेरो पुरानो सम्बन्ध रहेको छ र आफु यस परिवारको सदस्य जस्तै रहेको” उल्लेख गरे ।
तराई मधेश रास्ट्रिय परिषद (TMNC ) का अगुवा सदस्य कासिंद्र कविर ले मृतक परिवार लाइ भेटि हौसला प्रदान गर्दै यस परिवार संग टिएमएनसी परिवार सदैव साथ रहने र गजेन्द्रवादी नेता स्वर्गीय अरुण महतोले टिएमएनसीमा पुर्याएको योगदान कहिल्यै नबिर्सने भने |
कार्यक्रममा नेता ,अभियन्ता ,समाजीक कार्यकर्ता ,बुद्धिजिबी ,स्थानीय भद्रभलादमी गरी सयौ शुभचिन्तकहरु को उपस्थिति रहेको थियो |