सिरहाका कोरोना संक्रमितहरुका लागि नि:शुल्क चिकित्सा परामर्श सेवा सुचारु


  • बुद्ध एक्सप्रेस संबाददाता

सिरहाका कोरोना संक्रमितहरुका लागि नि:शुल्क चिकित्सा परामर्श सेवा सुचारु भएको छ |

तराई मधेश रास्ट्रिय परिषद, सिरहाको अगुवाईमा विभिन्न रोग विशेषज्ञ र भिनभिन् अस्पतालमा कोभिड वार्डमा समेत काम गरिरहेको चिकित्सकहरु  सहितको निशुल्क परामर्श सेवा संचालनमा गरेको छ | कोभिड–१९ को दोश्रो लहरबाट जिल्लामा संक्रमित हुनेको संख्या दिनानुदिन बढदै गएसँगै परिषदले  निशुल्क परामर्श सेवा सुरु गरेको हो |

जिल्लावासीमा रहेको असहज परिस्थिति लाइ  केही सहज गराउनका लागि टिएमएनसी सिरहाले टेलिफोन मार्फत  चिकित्सा सेवा सम्बन्धि परामर्श सेवा शुरु गरेको र भिनभिन् क्षेत्रका १२ जना  चिकित्सकले  सेवा दिने  परिषदका  सिरहा जिल्ला संयोजक शत्रु स्वराजले  बताए |

“कोभीड-१९ को  लक्क्षनको बारेमा जानकारी नभएका ,जानकारी भए पनि के के कुरामा ध्यान दिने ,कस्तो औषधी उपचार गर्ने  भनि बुझ्न खोज्नेहरुका लागि लाभदायक हुने” उनले भने |

कोभिड–१९ बाट जोगिन हाम्रो रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने उपायहरु एवं औषधिहरुबाट सम्पन्न हुनुका साथै यसबाट संक्रमित लक्षण रहित र सामान्य लक्षणयुक्त बिरामीहरुलाई भरपर्दो चिकित्सा परामर्श सेवा यस प्रामर्श टिमले दिने साथै कोरोना संक्रमणबाट जोगिने उपायहरु, रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने उपायहरु, संक्रमितको उपचार तथा मनोसामाजिक परामर्श, जीवनशैली ब्यवस्थापन आदिका लागी परामर्श लिनका लागि समेत यो सेवाको उपयोग गर्न सकिने यस परामर्श टिमका संयोजक नबिन यादबले  बताए  ।  

संक्रमक रोग कोभिड-१९ का  कारण अहिले देशभरिनै निषेधज्ञा जारिभएको छ | प्रतेक दिन हजारौको  संख्यामा संक्रमित भइरहेको छ भने सयौको संख्यामा संक्रमितहरुको मृत्यु भइरहेको छ |यस दुखद घडी संक्रमणको संका लाग्ने बितिकै चिकित्सक संग सलाह लिनु उपयुक्त ठहरन्छ र समान जीवन यापन गर्ने निम्न वर्गका जनताले पनि सुलभ रुपमा परामर्श लिन पाउन धेयले प्रदेश न० २ को सबै जिल्लामा यस्ता सेवा दिने योजना रहेको टिएमएनसीका रास्ट्रीय संयोजक अधिबक्ता बिकाश ठाकुरले जानकारी गराए |

चिकित्सकहरुको   सम्पर्क नम्बर -:

 १)डा.सतिश साह ,एमबिबिएस,एमडि(कमुनिटि मेडिकल) कोभिड वाड,

  फोन न:९८०७६९६७१०

२)डा.रामानन्द यादव,एमबिबिएस,एमडि,

  फोन न:९८४९७३३९६३ 

३)डा. टेकेन्द्र हरिजान,एमबिबिएस ,एमडि(कोभिड वाड)

  फोन न:९८४९८९९५४४

४)डा.बिनय प्रभाकर राय ,सिरहा जिल्ला अस्पताल 

 फोन नम्बर :९८४०२१९४३७

५)डा.चन्दन यादव ,एमबीबीएस ,एपीएफ होस्पिट्ल,काठमाडौ

  फोन नम्बर :९८४३४११८६७

६)डा.सुरेन्द्र कुमार यादव ,एमबीबीएस 

  फोन नम्बर :९८०२०१६२७०

७) डा.सकिल रहमान ,एमबीबीएस 

  फोन नम्बर :९८०७१२६७५१

८) डा. संकेत मिश्रा , एमबीबीएस 

   फोन नम्बर = ९८१११११९३९

९) डा नबिन गुपता एमबीबीएस 

   फोन नम्बर = ९८१८८५६३२४

१०) डा सचिन मिश्रा , एमबीबीएस 

   फोन नम्बर = ९८०११२९७९५

११) डा निस्चल गुपता , एमबीबीएस 

   फोन नम्बर = ९८१८५५६५५३

१२) डा निशान्त लाभ , एमबीबीएस 

    फोन नम्बर =९८१८५७५७९५

                               

प्रतिक्रिया