स्नातक प्रथम वर्षको विद्यार्थीले त्रि.वि.लाई बुझाए ज्ञापनपत्रःमाग पूरा नभए आन्दोलनको चेतावनी


  • सुरज सिंह

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसको स्नातक प्रथम वर्षको बिधार्थीहरूले यस कोभिड – १९को परिस्थितिमा बैकल्पिक माध्यमबाट परिक्षा लिनुपर्ने र भौतिक परिक्षालाई बिरोध गरिरहेका विद्यार्थीहरुले गत बुधबार परिक्षा नियन्त्रण कार्यालय त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. योगेन्द्र दाहाल र उप नियन्त्रणकर्ता महेश ओझालाई विभिन्न माग सहित ३ बुदें ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापनपत्रमा के छ ? बैकल्पिक (अनलाइन) माध्यम बाट परिक्षा हुनु पर्ने माग राखेछन । त्यसैगरी परिक्षाको मिती २०७८/०४/१० गते भन्दा पर सार्न नहुने , भौतिक उपस्थितिमा परिक्षा लिनु परेको खण्डमा बिधार्थी र उनका परिवारको स्वास्थ्यको जिम्मा त्रि. वि.ले लिनु पर्ने , बिधार्थीहरुलाई अबको १७ दिन भित्र खोपको ब्यास्था हुनुपर्ने मागहरु राखेका छन् ।

बिधार्थीहरूले ज्ञापनपत्र बुझाउदै भने “हामीले भनेका सर्त यदि त्रि. वि.ले जिम्मा लिन्छन भने हामी भौतिक उपस्थितिमा परिक्षा दिन तयार छौँ ” । उनीहरुले ज्ञापनपत्र बमोजिम परिक्षा नियन्त्रण कार्यालय त्रिविले चाडै भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए । उपस्थित बिधार्थी हरुले चेतावनी दिदै आफ्नो मागहरू चाँडै पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने कुरा बुद्ध एक्सप्रेसलाई जानकारी दिए ।

विद्यार्थीहरुको ज्ञापनपत्र बुझ्दै त्रिविका रजिष्ट्रार योगेन्द्र दाहालले आफुहरु यस बिसयमा बैठक बसी बिधार्थीहरुको हित हुने गरि कुनै न कुनै निस्कर्षमा पुग्ने भनेका थिए ।

ज्ञापनपत्र बुझाउन त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यालय मा  त्रि चन्द्र क्याम्पसका बिज्ञान सङ्कायका रोहित चौधरी , कृष्ण जोशी, सागर तिमल्सिना, दिपेन्द्र जोशी, चन्द्र भण्डारी, राम जोशी, शुवास विडारी, हेमन्त राज भट्ट, महेश बुढा , चक्र दयाल  लगायतको उपस्थिति रहेको थियो ।

                               

प्रतिक्रिया