बैकल्पिक माध्यमबाट परिक्षा सञ्चालन गर्न त्रिविका बिधार्थीहरूको मागः (नारा र फोटोफिचर सहित)


  • सुरज सिंह

त्रिभुवन विश्वविद्यालयले परीक्षा बैकल्पिक विधिबाट सञ्चालन गर्न त्रिविका स्नातक प्रथम बर्ष २०७६ ब्याचका बिधार्थीहरू आन्दोलनमा उत्रिरहेका र भौतिक परीक्षाका बिरोध गरिरहेका छन्। कोरोना महामारीको त्रासमै सञ्चालन गरिने परीक्षा साउन १० गते बाट त्रिविले सुचना प्रकाशन गरिसकेका छन्। नयाँ कोभिडको भेरियन्ट र तेस्रो लहर कोरोनाको सङ्कटकालीनको सम्भावना रहेकोले त्रिवि स्नातक तह प्रथम वर्ष भौतिक उपस्थितिमा परिक्षा संचालन गरे बिधार्थीको जिवन जोखिमपुर्ण रहेकोले त्रिविका क्याम्पसहरूका प्रथम बर्षका बिधार्थीहरू अनलाइन परिक्षाको माग गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालयका ४ बर्ष स्नातक प्रथम वर्षमा दस लाख भन्दा बढि बिधार्थीहरू २० महिना देखि एउटै कक्षामा रहेका छन्।नेपालभरी ९०.५६ प्रतिशत बिधार्थीहरूलाई इन्टरनेट सेवाको पहुँच भइसकेका नेपाल दुरसञ्चारले जनाएको छ। यस रेकर्डले त्रिविको परिक्षा पनि अनलाइन हुन सक्ने सम्भावना देखिन्छ ।

कोरोना महामारी फैलिएका देशहरूले समेत परीक्षा तथा पठनपाठनका बैकल्पिक माध्यमहरू अपनाएर अघि बढी रहेको समयमा मुलुकै जेठो र राज्यको ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविको शैक्षिकसत्र पनि अनलाइन बिधीबाट कक्षा सञ्चालन गरेका, Registeration फारम र परिक्षा केन्द्र रोज्ने पनि अनलाइन बिधीबाट भइसकेका छन् । तर पनि त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट परिक्षा सम्भव नरहेका बताइरहेका छन्।

त्रिभुवन विश्वविद्यालय बाहेक अरू विश्वविद्यालयहरूले कोभिड–१९का कारण रोकिएका सबै परीक्षाहरू सञ्चालन गर्न बैकल्पिक उपायसाथै प्रारुपनै जारी गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयका एक बिधार्थीको भनाईः त्रिवि बाहेक अधिकांश विश्वविद्यालयले भौतिक उपस्तिथिको विकल्प मा online परिक्षालाई अपनाएर आफ्नो विधार्थिहरुको पढाई र भविष्यलाई निरन्तरता दिइरहेको पाइन्छ।अहिलेको समयमा भौतिक उपस्थितिमा परिक्षा संचालन गर्न निकै कठिन छ।
त्रिविले उच्च विधार्थिको चाप,सबै सङ इन्टरनेटको पहुँच नभएको भन्दै online परिक्षालाई स्वीकार गरिरहेको छैन। त्रिविको एहि घमण्ड चलिरहनेहो भने हामिले अझै कति समय त्याग गर्नु पर्छ त्यस्को कुनै ठेगान छैन।

TU ले आफ्ना कर्मचारी तथा कर्मचारीको परिवार लाई covid को बिमा गर्ने र गराउनैपर्ने कुरा पनि सुनियो तर आफ्ना विधार्थिको बारे केही नसोची भौतिक उपस्थितिमा परिक्षा गराउने कुरा अलि नसुहाउदो लाग्यो, म परिक्षा दिन जादा म र मेरा घरका जेष्ठपरिवार लाई हुन पुग्ने अफ्ट्यारो को जिम्मा कस्ले लिने?? online बिकल्प हुदा हुँदै TU ले किन आफ्नो विद्यार्थीको बारे मा नसोच्ने? के यहि हो त देश को ठुलो university को जिम्मा र कर्तब्य ?? course online पढाउन विद्यार्थीको internet मा पहुँच बारे केही नसोच्ने अनि परिक्षा को बारेमा चै किन internet को कुरा उठाइन्छ?? MS id के का लागि बाढियो??त्रिवि online परीक्षा गर्नको लागि असमर्थ नै छ भने सम्पुर्ण आंगिक क्याम्पसहरु लाई आफ्नो विधार्थिको परीक्षा लिन निर्देशन जारी गरोस।

विधार्थिको स्वास्थको विषेश ध्यान राखी त्रिविले विद्यार्थीको पक्षमा छिट्टै सकारात्मक सुचना प्रकाशन गरोस ।सबै विधार्थीएक हुन जरुरी छ। ज्यान जोखिममा राखेर परीक्षा दिन हामी असमर्थ छौ। कोरोनाको तेस्रो लहरको खतराबाट कसरी बच्ने भन्ने समयमा भौतिक उपस्थितिहुने लागेको परीक्षा विधार्थिको स्वास्थसंगको खेलबाड हो!!
online examमा सहभागी हुन गाह्रो पर्ने विधार्थिलाई पनि जिल्ला मा एकदुई ओटा परीक्षा केन्द्र तोकेर धेरै भीड भाड नहुने गरी विद्यार्थी कति जना छन त्यो हेरेर परीक्षा केन्द्र तोकिओस र physical exam को पनि व्यवस्था होस त्यसले गर्दा धेरै भीड भाड हुन पाउँदैन र सजिलै दिन सकिन्छ र बाँकी online परीक्षा दिन सक्ने लाई online बाटै परीक्षा दिन पाउने अगाडि बढाओस!

त्रिभुवन विश्वविद्यालय अर्को बिधार्थीको भनाईः
“देशमा कोरोनाको प्रकोप सामान्य भइनसकेको अझ विश्वभर(नेपालमा समेत) Delta + varient तीब्र गतिमा फैलिन सक्ने चेतावनी WHO ले समेत दिइरहेको अवस्था छ।सरकारले जनतालाइ आवश्यक मात्रामा Oxygen cylinder ,ventilator र vaccine प्रदान गर्न नसकिरहेको अवस्थामा Tribhuwan University ले लाखौं विद्यार्थीलाई भौतिक परिक्षामा जबर्जस्ती होमाउनु भनेको विद्यार्थीको जीवनलाइ जानाजान मृत्युको मुखमा धकेल्नु हो। तिनै लाखौं विद्यार्थीको Exam form Online लिन सक्ने, तिनै लाखौं विद्यार्थीको पढाइ Online गराउन सक्ने अनि exam चाहिँ विद्यार्थीले आफ्नो जीवन जोखिममा राखेर दिनुपर्ने? अनि Online exam गराउन चाहिँ विद्यार्थीको संख्या धेरै भएकाले नसक्ने भन्न लाज लाग्दैन TU लाइ? देशको सबैभन्दा ठूलो विश्वविद्यालयको अकर्मण्यतालाई कसरी स्वीकार गर्न सकिएला?

त्रिभुवन विश्वविद्यालयका अर्को बिधार्थीको भनाईः
म एक विद्यार्थी हुँ र मेरो गुनासाे याे छ कि विद्यालयलाई भौतिक रुपमा परीक्षा लिँदा विद्यार्थीमा कति धेरै हानि पुग्छ भन्ने थाह हुँदा हुँदै पनि परीक्षा भौतिक रुपमा लिन लागेको छ।जम्मा २ महिना भौतिक रुपमा कक्षा सञ्चालन भयो र बाँकी सबै online मार्फत भएको छ।अहिले एक त बालबालिका लाई covid हुने खतरा झन बढदैछ र अहिले आएर परीक्षा को यस्तै तनाव विद्यार्थीलाई भयो भने भोलिको दिनमा त्यो विद्यार्थीले आत्महत्या समेत गर्न सक्छ। विद्यालय ले जति नै सुरक्षा को मापदण्ड अपनाए पनि हुने वाला केही छैन ,बरु यदि भौतिक रुपमा परीक्षा भयो भने 95%विद्यार्थीहरू covid को सिकार बन्न पुग्छन् भन्ने म 100% gauranteeका साथ भन्न सक्छु।यति थाहा हुँदा हुँदै पनि कलेजले परीक्षा भौतिक रुपमा लिन चाहन्छ भने विद्यार्थीलाई उनिहरूको स्वास्थ्यमा केही असर नगर्ने gaurentee कलेजले लिन सक्नु परो र विद्यार्थीलाई तयारीका लागि कमसेकम १ महिना को अवधि चाहिन्छ किनभने online कक्षा भनेको अहिले मैले बुझे अनुसार course सक्न का लागि मात्र लिइरहेको छ।कति धेरै विद्यार्थीहरुले त झन् नेटवर्क को समस्याले गर्दा online कक्षा attend गर्न पनि पाएका छैनन्।

यो सबै हुँदा हुँदै पनि विद्यालयले online कक्षा मार्फत course सिध्याएर भौतिक रुपमा परीक्षा लिने भनेर निर्णय गरिरहेको छ।मेरा कति धेरै साथीहरुलाई covid positive भएको छ यदि तिनिहरु बाट हामीलाई सर्यो भने पनि त्यसको जिम्मा सरासर कलेज ले लिने भए म मेरो परीक्षा दिन तयार छु ।अहिलेको परिस्थिति लाई नीयाल्दा त परीक्षा online मार्फत हुनै पर्ने हो तर पनि एउटा निर्णय आज सम्म गरेको छैन जसले गर्दा हामी विद्यार्थीहरुमा ठूलो प्रेसर परिरहेको छ एक त covid को भय ,अर्को परिवार बाट भन्नु हुन्छ एक वर्ष ११ मै पढ तर यस्तो परिस्थितिमा परीक्षा दिनु उचित हैन तँलाई हामी कसै गरी पनि परीक्षा दिन जान दिने छैनौं , तर म एक विद्यार्थी हुँ र कलेज ले परीक्षा लियो भने जसरी नि परीक्षा दिनु पर्छ अहिले कलेजले परीक्षा भौतिक रुपमा संचालन गर्ने भन्ने कुरा सुनेपछि विद्यार्थीलाई तनाव बाहेक कै अरु भएकै छैन। यदि यो चोटी विद्यालय ले भौतिक रुपमा परीक्षा लियो भने त्यो सरासर गलत हुने छ।कलेजका शिक्षक शिक्षिका भनेका हाम्रा अविभावक हुन् तर पनि किन यस्तो परिस्थितिमा पनि विद्यालय ले हेलचेक्राइँ गरिरहेको छ?हामी यस्तो परिस्थितिमा भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन बिल्कुल नै तयार छैनौं ।यो कुरा मा सम्बन्धित निकायको ध्यान पुगोस र विद्यार्थीहरुलाई न्याय दिलाइयोस् भनेर म हार्दिक अनुरोध गर्न चाहन्छु।

यहा विधार्थीको निजी विचारलाई सम्पादन गरि राखिएको छ ।

                               

प्रतिक्रिया