प्रधानमन्त्रीले संसदमा पेस गरेको विश्वासको मत प्रस्ताव अस्वीकृत


  • thebuddhaexpress

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको छ। यस संगै ओलीले संसद्को विश्‍वास गुमाएका छन् ।

ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।

https://www.facebook.com/hallabolnetwork/
जसपाका ठाकुर-महतो समुहका १५ जना सांसद पक्ष- विपक्ष कुनैमा पनि मत नगरि तठ्स्त बस्यो । हिजो(आइतबार ) जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुले आफ्नो विवेक प्रयोग गर्न स्वतन्त्रता दिएको थियो ।

संविधानको धारा १०० (३) बमोजिम प्रतिनिधि साभामा तत्काल कायम रहेको सम्पुर्ण सद्स्य संख्याको बहुमतबाट बिश्वासको मतको प्रस्ताव पारित हुननसकेमा पद बाट मुक्त हुने प्राबधान रहेको छ ।

                               

प्रतिक्रिया