नेपाली कांग्रेसको मधेशीतर्फको केन्द्रीय सदस्यको अन्तिम मत परिणाम आएको छ ।
विनोद चौधरी २२०६ मत प्राप्त गरी कांग्रेसको मधेशीतर्फ केन्द्रीय सदस्यमा दोस्रो हुँदै निर्वाचित भएको छ।
अजय चौरसिया २५२२ मतका साथ शीर्षस्थानमा रहँदै निर्वाचित भए । विनोद चौधरी २२०६, चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादवले १९५९ मत प्राप्त गर्दै निर्वाचित भए ।
मधेशीतर्फको केन्द्रीय सदस्यमा पाँच पदका लागि निर्वाचत भएको थियो ।