नारीहरुले महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने विरूद्ध युथ कांग्रेस नेपाल, प्याड टु गो र विधार्थीहरुले बिहीबार विरोध प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दै प्रदर्शनकारीले सरकारसँग प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क,१३ प्रतिशत भ्याट खारेजी र महिनावारीमा आवश्यक सामाग्रीहरु महिलालाई किन्न सहजताका साथ सबैको पहुँचमा हुनुपर्ने माग रहेका हुन्।
नेपालको संविधान धारा ३८ मा महिलाको अधिकारलाई बिशेष रुपमा उल्लेख गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारको रुपमा सुनिश्चीत गरीएको छ ।
प्लेकार्डमा रातो कर माफ गर, रातो कर खारेजी गर, सरकार महिनावारीमा कर कहिलेसम्म?, स्यानिटरी प्याड बिलासिता होईन आवश्यकता हो, नो ट्याक्स माफ गर, प्याड हाम्रो रहर हैन बध्यता त हो, अर्थ मन्त्री ज्यू जवाफ कहिले? लगायत नारा लगाएर प्रदर्शनमा उनिहरु उत्रिएका थिए।
सरकारले जबसम्म प्याडमा कर हटाउदैंन, तब सम्म विरोध प्रदर्शन गर्ने प्रदर्शनकारीले जानकारी दिए।


