दलीत भूमीहिन सुकुम्वासीको समस्या समाधानको लागि चुरे तथा वनजंगल संरक्षण अभियान द्वारा धनुषा जिल्लाको जिल्ला प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सोमबार सम्पन्न भएको छ। यो अभियान प्रदेश दुईका आठ वटै जिल्लाको जिल्ला प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाे छ।
धनुषा जिल्लाको कार्यालय अगाडि – “सुकुम्बासीलाई न्याय देऊ, हाम्रो माग पूरा गर, चुरे तराई जोगाउ, मधेश मरुभूमि हुन बाट जोगाउ र म बोल्छु तपाईं? ” लगायतका नारा सहित चुरे तथा वन जंगल संरक्षणका राष्ट्रिय संयोजक सुनिल यादव , राष्ट्रिय सदस्य लक्ष्मण दास , राष्ट्रिय सदस्य अरुण दासको अगुवाइमा दर्जनौ युवाहरु सहित जुलुस प्रदर्शन गरेका छन ।
चुरे वनजंगल संरक्षण अभियान दलित सुकुम्बासीहरुको अधिकारका लागि विगत लामो समय देखि लडदै आएको र यो पालि उनिहरुको हकका लागि वारपारको आन्दोलन शुरु भएको चुरे वनजंगल अभियानका सल्लाहकार समेत रहेका समाजिक अभियन्ता सरोज रायले बताए। साथै सरकार बाट नियोजित रुपमा मधेसलाई मरुभूमि बनाउन लागीपरेको र सो बाट जोगाउन र प्राकृतिक सम्पदाको संरक्षण गर्न यो अभियानले निकै भुमिका खेल्दै आइरहेको उनले जनाए ।

चुरे तथा बनजंगल संरक्षण र सम्वर्द्धन विषय तथा सुकुम्वासीको समस्या देशव्यापी समस्या भएको कारणले विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको संयोजक सुनिल यादव ले बताए । उनीहरुले -“चुरे तथा बनजंगल संरक्षण अभियानको समझौता अनुसार प्रदेश २ सरकारले चाँडै कार्यव्यन गरोस्, स्थानीय सरकारले दलित सुकुम्बासीलाई जग्गा प्रदान गरियोस्, राष्ट्रिय सम्पत्ति आफ्नो नाममा गराउने नक्कली सुकुम्बासी र माफियालाई कानुन बमोजिम कारबाही गरियोस् ” जस्ता थुपै मागहरु ज्ञापनपत्रमा समावेश गरेका छन । प्राकृतिक सम्पदाको संरक्षणको लागि तिनै तहको सरकार आफनो जिम्मेवारी निर्वाह गर्ने, छुट भएकाे सुकुम्वासीको तथ्यांक संकलन गर्ने र गलत तथाङ्ग माथि छानबिन गरी दोषीलाई कारबाही गर्ने मागहरु ज्ञापनपत्र उल्लेख छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि ब्यबस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय, बन तथा वातावरण मन्त्रालय, गुठी संस्थान प्रधान कार्यालय काठमाडौं लगायत प्रदेश दुईको मुख्यमन्त्री कार्यालय र जिल्ला भरिका स्थानीय तहलाई आफ्नो तवर बाट सहयोग गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।

