सरकारलको गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएका हुन् ।
अहिले कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि यस्ता मुलुकमा जान रोक लगाएको हो ।
शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।
