स्थानीय तह निर्वाचन -२०७९ प्रयोजनका लागि नेपाल प्रहरीले एक लाख जना म्याद प्रहरीको भर्ना आवेदन आह्वान गरेको मानवस्रोत तथा प्रशासन विभागले जनाएको छ।
म्यादी प्रहरीका लागी चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सकिने छ। दरखास्त फाराम बुझाउने स्थान सबै प्रहरी कार्यालयबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने व्यक्तिले समेत आवेदन दिन सक्नेछन्।
४० दिनको अवधिका लागि हुने पदपूर्तिको छनोट प्रक्रिया चैत १५ गतेदेखि प्रारम्भ हुनेछ।
