अभियन्ता सरोज राय को स्वतन्त्र उमेदवारी : सर्लाही ३(ख) का जनता निकै उत्साहित


  • thebuddhaexpress

मधेश प्रदेशको सर्लाही क्षेत्र नं .३ (ख) बाट देशकै परिचित समाजिक अभियन्ता सरोज रायले स्वतन्त्र उमेदवारी दिएका छन । जनतामा राजनितीज्ञहरु प्रतिको वितृष्णा फैलिरहेको बेला रायको उमेदवारीले क्षेत्रका जनता निकै उत्साहित भएका छन।

हरेक क्षेत्रमा विकाश र हरेक समस्याको निकाश भएको क्षमतावान नेता पाएको भन्दै जनता अब सरोज रायलाई भोट गर्न आतुर रहेको एक स्थानियले जानकारी दिए ।

आउँदो मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार हरु आ-आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन्। स्वतन्त्र उम्मेदवार राय पनि सर्लाही क्षेत्र नं ३ (ख) मा जनताको समस्यालाई बुझ्दै चुनावी रणनीति तयार गरिरहेका छन।

उनले समाजिक संजालमा आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै जनताको समस्यालाई अन दि स्पोट समाधान गर्न जुटेको पोष्टयाएका छन । विशेष तह खाडी मुलुकमा विभिन्न कारणले फसेका नेपाली मजदुरको समस्यालाई सुनेर सामाधानको बाटो तर्फ उनको ध्यान केन्द्रित देखिन्छन। उनले भोट माग्न छोडेर जनमानसको समस्या सुन्ने कार्य गरिरहेका एक स्थानीयले जानकारी गराए ।

रायले बुद्ध एक्सप्रेश संम्वदाता संग कुरा गर्दै भन्नुभयो –“सामाजिक समस्याको जडबाट समाधानको बाटो राजनिती हो र यही उद्देश्य लिएर म सर्लाही क्षेत्र न. ३ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएको छु ।” उनले थपदै भने – ‘हामी भत्काउने हैन जोड्ने राजनिति गर्छौं , राजनीतिलाई पेशा हैन समाजसेवा ठान्छौं।’

समाजमा जनता भ्रममा ठगिदै आइरहेको छ, यसलाई तोड्दै स्वतन्त्र उम्मेदवार राय चुनावी मैदानमा उत्रिएका छन्। उनले जन्तामा रमाउँदै बिभिन्न कार्यक्रम सहभागि भई जन्ताको समस्यालाई टिप्पणी गर्दै पहलमा लागेका छन्। सर्लाही क्षेत्र नं.३(ख) को युवायुवती, बुढापाकाहरुले दिनदुखिको आश राय मात्र हो भनेर अशिर्वाद दिँदै जितको शुभकामना दिरहेका छन्।

ठेक्केदार, भ्रष्टाचार र नाटककारहरूलाई चिनिसकेका सक्यौं, अब मधेशमा सरोज राय जस्तो युवाको खाचो रहेको जनताहरुको प्रतिक्रिया दिए।

निर्वाचन कार्यालय बाट स्वतन्त्र उम्मेदवार रायलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ । रायले आफ्नो शुभचिन्तकहरु लाई जनतामा सत्य विचारको प्रवाह गर्न मद्दत मागेका छन भने आफ्नो मतदाताहरु लाई पैसा , दारु र मासुको पछाडी नलागी आफुलाई भारी मतले विजय गराउन अपिल गरेका छन ।

                               

प्रतिक्रिया