ऐतिहासिक ‘ठुठिया मेला’ को भव्य तयारी पूरा


  • सुरज सिंह

ऐतिहासिक तथा पौराणिक धार्मिक स्थल कमलदहमा यस पाली पनि भव्य ‘ठुठिया मेला’ को तयारी पूरा भएको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिका-०९,मा अवस्थित पर्यटकीय गन्तब्य बोकेको कमलदहमा ‘ठुठिया मेला’को सम्पूर्ण तयारी पूरा भएको मेला समितिले जनाएको छ । करिब ३ दशक भन्दा पहिले देखि लाग्दै आएको ऐतिहासिक ‘ठुठिया मेला’ले प्रचलित रहेको छ।

हरेक वर्ष हरिबोधिनी एकादशी व्रतको दिनदेखि ३ दिन सम्म लाग्दै आएको ऐतिहासिक ठुठिया मेला यसपाली भव्य तरिकाले आयोजना गर्ने भएको छ। ‘ठुठिया मेला’ यस बर्ष कार्तिक १८ गते शुक्रबार देखि कार्तिक २० गते आइतबारसम्म लाग्ने कमलदह मेला समितिले जनाएको छ।

पछिल्लो वर्षको तुलनामा यसवर्ष मेलाको लागि उचित व्यवस्थापन, प्रयाप्त ठाउँ, रामझुला तथा मनोरञ्जनात्मक कार्यक्रम(३ दिन), विशाल कुस्ती(३ दिन), दिन र रात संस्कृति जगेर्नात्मक कार्यक्रम -नाच(३ दिन) आयोजना गरिएको मेला समितिका अध्यक्ष रामबिलेक्षण यादवले जानकारी दिए । एकादशी मेला महोत्सवमा नेपाल र छिमेकी राष्ट्र भारतका प्रख्यात(नामी) पहलवानहरु आउँदैछन् ।

उक्त मेलामा तीनैदिन प्रख्यात पहलवानहरुबीच जोडदार भिडन्त (बिशाल कुस्ती) हुनेछन् । प्रख्यत पहलवानहरु जस्तै- पर्लाद बाबा, देबा थापा , जाबेद गणी जस्ता दिगज पहलमानहरु ठुठिया मेलाको विशाल कुस्ती सहभागी हुने मेला समितिका अध्यक्ष रामविलेक्षण यादवले जनाए।बिशाल कुस्ती पुरुष पहलवान बिचमा मात्र हुनेछ भने महिला कुस्ती यसपाली पनि नहुने मेला समितिले बताए। विगतको बर्षमा महिला कुस्ती पनि हुनेगर्थ्यो। कमलदहमा हरिबोधिनी एकादशीका दिन नेपालका विभिन्न ठाउँहरुबाट हजारौं -हजारको संख्यामा श्रद्धालुभक्तजन र दर्शनार्थीहरु मेलामा भित्रिने गर्छन् ।

पौराणिक एवं धार्मिक महत्व बोकेको अत्ति लोपोन्मुख तथा महत्त्वपूर्ण कमल फूलको नामले परिचित यस कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।हरिबोधिनी एकादशी मेला भर्नको लागि विभिन्न ठाउँहरुबाट भारी संख्यामा सर्वसाधारण श्रद्धालुभक्तजन र दर्शनार्थीहरु आउने गर्छन् ।

मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, बाटो सडक मर्मत, खानेपानी व्यस्थापनलगायतका आवश्यक सबै तयारी पूरा गरिएको मेला समितिले जनाएको छ ।

पुरातात्विक र पर्यटकीय सम्पदा महत्व बोकेको कमलदह प्राकृतिक सम्पदाले भरिभराउ छ। कमलदह क्षेत्रमा श्रद्धालुभक्तजन र दर्शनार्थीहरु हरेक नयाँ वर्ष, चाडपर्व एवं बिदाका बेला घुमफिर तथा पिकनिक मनाउनेहरूको घुइँचो लागेको हुन्छ।

                               

प्रतिक्रिया