सप्तरी २: यादव भन्दा भारी मतले डा.राउत निर्वाचित


  • सुरज सिंह

सीके राउत भारी मतले विजयी प्राप्त गरेको छ।सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव भन्दा भारी मतले जनमत पार्टीका चन्द्रकान्त राउत (सीके) राउत निर्वाचित भएका छन् । बुधबार सप्तरी निर्वाचन क्षेत्र नम्बर २को प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणामअनुसार राउतले ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उक्त क्षेत्रमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९७९ मात्र मत पाएका छन् ।

राष्ट्रिय जनमत पार्टी बनाएर पहिलो पटक आमनिर्वाचनमा होमिएका राउतले पहिलो झट्कामै हेभिवेट यादवलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । राउतले यादवलाई १८ हजार ६३ मतले पछाडि पारेका हुन् ।

                               

प्रतिक्रिया