हामी निरीह जनता फेरि पनि पोखरा विमान दुर्घटनामा सम्वेदना प्रकट वाहेक केही गर्ने अवस्थामा छैनौ । हाम्रो निरिहता यति सम्म बढेको छ कि सरकार संग हामी आफ्नो समान्य सवालहरु समेत गर्ने ल्याकत बचेको छैन ।वास्तवमा यो निरिहता हो कि चाप्लुसपन्ती छुट्याउन पक्कै पनि कठीन छ ।व्यक्तिगत लाभका कारण सरकारको , नेताको चापलुसीमा रुम्मलिएको हामी जनता भने आफ्नो अधिकार माग्ने हैसियत समेत गुमाइसकेको अवस्था चाहिँ हो ।
तैपनि आजको दुर्घटनाबारे म जस्ता समान्य पिंधका केही व्यक्तिहरुमा आक्रोश यतिको छ कि दोषीलाई अहिले नै भौतिक कार्वाही गरौ जस्तो लागिराछ तर सवाल पनि जटिल छ कि दोषी हो को ??
पहिला यो बुझौ कि यो दुर्घटना होईन यो हत्या हो ।फेरी पनि नेपाल सरकार द्वरा आफ्नो अकर्मण्यताका दोष या त वतावरण लाई दिएर पन्छिन्छन या त कुनै अर्कै वखेडा खडा गरी आफ्नो गल्तीलाई अरुको माथमा मोड दिन्छन ।
समान्यता हाम्रो बुझाई चाहिँ हामीले नेपाल सरकार लाई टैक्स यस कारण दिनेगरेको हुन्छौ ताकि सरकारले हाम्रो जिउज्यानको सुरक्षा राम्ररी गर्छ ,आपतविपतमा सहयोग हुन्छ ,हाम्रो गाँस ,बास,कपास ,शिक्षा ,स्वास्थ अर्थात अधारभुत हितको व्यवस्था हुन्छ भनेर लागेको हुन्छ । तर सरकार ले के गरेका हुन्छन त सिर्फ हाम्रो ज्यानको सौदा ।
कुरा धेरै लामो र जटिल गर्न चाहेको हैन बस यतिमात्र भन्न चाहेको हो कि हरेक बर्ष रोड एक्सिडेन्ट् ,विमान एक्सिडेन्ट् , बाढी , पहिरो, सितलहर , हुरीबतासमा हजारौको संख्यामा नेपाली जनताको अस्वभाविक मृत्यु भइरहेका छन तर नेपाल सरकारको न त निति नै फेरीएको देखिन्छ नत नीयती नै ।बरु यस्तो विपत्तिबाट सरकारमा बसेकाहरु आफ्नो व्यक्तिगत लाभ कसरी लिने , कहाँ बाट मोटो कमिसन आउँछ भन्ने मै तल्लिन देखिन्छन ।
हाल पनि नेपाल नागरिक उड्डयनलाई युरोपियन ऐभिएसन सेफ्टि ऐजेन्सि (EASA) ले कालो सुचिमा नै राखेको अवस्था छ । सो ऐजेन्सीले नेपाल नागरिक उड्डयनलाई सुरक्षामा सुधार नगरेको , प्रविधिमा सुधार नगरेको , सुरक्षा मापदण्डको प्रभावकारी कार्यनयनमा ध्यान नदिएको भन्दै कालो सुचिमा राखेको खबर केहीमहिना पहिला सार्वजनिक भएको थियो ।नेपालका अधिकांश विमानहरु सेकेन्ड हैन्ड भित्र्याउने गरेको खबरहरु पनि सार्वजनिक भएको थियो ।
हाम्रो सरकारी निकायहरु लाई दुर्घटना बारे पछि थाहा हुन्छन भन्ने चाहिँ पक्कै होइन बरु सरकारी निकायका प्रतिनिधिहरुले चाहिँ फलानो डेटमा अथवा फलानो समयमा फेरि कुनै एक्सीडेन्ट हुन्छ र फेरि कमीशन को कान्ड गरौला भनेर सोचेर बसिरहेका हुन्छन हैनभने यतिका जनताको कर बाट तलब खाएर मोटाएका सरकारका विज्ञहरुलाई कसरी थाहा नहोला कि वतावरण मा के खराबी छ ,विमानको रुटमा के खराबी छ अथवा विमान अब चल्ने लायकको छ कि छैन । त्यसैले निस्पक्ष अनुसन्धान होस सरकार यो दुर्घटना होईन हत्या हो मेरो गम्भिर आरोप छ ।