भाषण विरुद्धको भाषण


  • आभाष गुरु

                           

भाषण आफैमा एउटा कला हो जुन कलाको प्रयोग गरि  ठुला क्रान्तिहरु सम्भब भएका थुप्रै उदाहरणहरु छन् |यो एकदम धेरै शक्तिशाली हुन्छ ,यसलाई सहि सदुपयोग गर्न सकियो भने गान्धी ,मण्डेला र वुद्धहरु जन्मिन सक्छन |भाषणले हेप्नोटाइज गर्ने छमता पनि आफु संग राखेको हुन्छ र जब मानिस भाषणको माया जालमा परि हेप्नोटाइज हुन् थाल्छन तब तानासाहको जन्म हुन्छ अनि तानासाही सुरुहुन्छ |यो गुण-सिधान्त लाइ पछिलो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बडो रामररी आतम्सात गरेको देखिन्छ |

ग्रीकका दार्सनिक एरिस्टोटलले भनेका छन् चलाख भाषणबाजले भाषण  गर्दा मुख्यत तिन ओटा कुरा इथोस(ethos), लोगोस(logos) र  प्याथोस (pathos ) मा ध्यान दिने गर्दछ जुन आजको दिनमा एमबिएस(MBS) को बिज्ञापन कोर्स (advertising Course ) मा पनि पढाइने गर्दछ | Ethos मा  एउटा Authority बनाइन्छ logos मा तर्क दिइन्छ र pathos मा  भावनाको प्रयोग गरिन्छ | राजनितिज्ञहरुले pathosआफ्नो भासनकलामा pathos को धेरै नराम्रो तरिकाले दुरपयोग गर्छन |२०७२ साल  को संबिधान १६ बुदे षठयन्त्र गरि जब संबिधान  निर्माणको सबै  प्रक्रीयालाइ मिची दुर्त मार्ग बाट मधेशीको टाउको र छातीमा गोलि ठोकी संबिधान जारि गरियो त्यति बेला पनि साशकहरु द्वारा   PATHOS को खुब प्रयोग गरियो कि अब तुरुन्तै संबिधान द्रुत मार्ग बाट ल्याइएन भने देशमा राजा आइहाल्छ, मधेशीहरुले देश टुक्राई हाल्छ जसको सब भन्दा जर्वजस्त फिल्डिंग खडक शर्मा ओलीले गरेको थियो जसको कारण उनको पार्टीले भाड़ी बहुमतले चुनाब जिते | हो यिनि  नेता थिए यिनले यस्ता भाषा दिनू फरक तरिकाले सायद ठिकै होला , यसैलाई सियासी भनिन्छ तर मलाइ यस्तै भाषा बिरुद्ध भाषण गर्न मन छ तर मैले कतै भाषण दिन पाइन् त्यसैले मैले भाषण लेखनु नै उपयुक्त ठाने | अब मेरो भाषण यसरि सुरु हुन्छ |

आदरणीय जनसमुदाय जखन हम इ काठमाडौँ खाडलमे भाषण करै छि तखन हम अपने आपके उपर बहुत दबाब महसुस् करै छि कियाक त हमर मातृ भाषा मैथली/मगही अछी और मौसी भाषा भोजपुरी/बाजिका लेकिन हमरा बाज परै य नेपालि भाषा मे जइ भाषा मे हम आइयो ,हिजो आ भोलि मे हि  कन्फ्युज  रहै  छि |और त  और तिज स एक दिन पहिने खाइ वाला चिज के दर कहइ छइ भरखर बितल तिज मे बुझ्ली | खाइर केहनो टुट्ल फुटल नेपालि भाषा मे  भाषण देनाइ बाहेक कोनो हमरा ल विकल्प नइ अछी |

यस कार्यक्रममा उपस्थित मेरा अग्रज,बुद्धिजिबी,पत्रकार,बौद्धिक वर्ग ,सुरक्षाकर्मी लगायत मेरा तमाम आन्दोलनकारी साथिहरुमा मेरो रुपान्तकारी अभिवादनसहित जय मधेश ! मित्रहरु आज माइतीघर मण्डेलामा आयोजकमा  बृहत मधेशी युवा आन्दोलन लेखेर आन्दोलन गरि रहदा मलाइ एकदम धेरै आनन्द र गौरवान्वित महसुस् हुदैछ | तपाइहरुले काठमान्डौमा थुप्रै आन्दोलनहरु गर्नु भयो सहभागीहरु  पनि राम्रै रहेको देखिन्छ तर तपाइहरुले दिने भाषणको खरो आवाज भित्र कन्टेन्ट भरपुर देखिएन/सुनिएन नि ,यसलाई अर्को अर्थामा भन्दा भरुवा बन्दुक पडकाएको जस्तो देखियो पद्कडउदा अवाज त दिने तर गोलि न निसिकिने र कहिँ कदाचित निस्के पनि कहिँ नलाग्ने |

तपाईहरुको भाषण सुन्दा यस्तो लागयो कि तपाईहरु पनि काठमाडौंका ति कथाकथित चार- पाच जना अभियन्ता जो पहिलो चार पाच वर्षमा यस्तै चर्को भाषण ,आराजक गतिविधि भिजलान्ते प्रवृति र जहा पनि ३ करोड जनताको धम्कि Aristotle कै ३ गुण मध्य  pathos प्रयोग गरि जन्मेको  अभियन्ता जस्तो हुदै गैरहेको छ  नि |

अरे तपाई बिधापति ,आस्ट्रावर्ग ,जनक र दुनिया लाइ ज्ञानको पाठ  सिकाउने बुद्धको भुमि मधेश बाट हुनुहुन्छ ,तपाईले त विचार दिनसक्नु पर्छ ,ज्ञान दिन सिक्नुपर्छ ,भिजन दिनसक्नु पर्छ ,सिधान्त प्रतिपादन गर्न सक्नु पर्छ ,आन्दोलन लाइ नया सोच र नया सिराबाट उठान गर्न सक्नुपर्दछ |तपाई त सोषित वर्ग बाट हुनुहुन्छ ,तपाईको समाज ,तपाईको मधेश त २५० बर्ष देखि क्राइसीसमा छ तपाईले त अभियानी र पपोलिस्ट मनोभावना भन्दा माथि उठेर काम गर्न सक्नुपर्छ |

अब इ शान्ति भाषण दिरह्दा तपाइहरुले यो न भन्नुहोला कि यो डराएर भासण दिदै छन् भनेर किनभने जहाँ उभिएर म भाषण गर्दैछु नि यो मधेशको जनकपुर होइन जे मेरो टाउको र छातीमा पोइन्ट ब्ल्यांक बाट ताकी ताकी गोलि हनिदिन्छ |यो ट काठमाडौँको माइतीघर हो यहाँ त सेक्रौ हतियारधारी मित्रहरु मेरो पछाडी मेरो सुरक्क्षाको निम्ति खडा छन् , “प्रहरी मेर साथी” क्या |

भाषण केवल भासण दिनको लागि होइन के भासन दिशाबोध गर्नको लागि दिनुष ,भाषण मार्गप्रस्त गर्नको लागि दिनुस ,भाषण शवांत  सुखायाको लागि दिनुस ,भाषण आराजकता लाइ निरुत्साहित गर्नको लागि दिनुस |यसका निम्ति हामि सबैले अब ज्ञान निर्माण ,ज्ञान उत्पादन तर्फ ध्यान दिनुपर्छ जुन मधेशमा पछिलो समय हराउदै गैरहेको छ |

बिना ज्ञान गला च्यातने र माइक फोड्ने गरि बोलेर तपाइलाई लाग्छ कि नेता हुनेछु भने त्यो तपाईको दिवास्वप्न मात्र हो ,गला फाडेर बोल्ने लाइ भाट भनिन्छ लिडर होइन |भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भासन गर्दा “मित्रो” , “भाइयो” और बहिनो बडो जोरले  सांश तानेर भन्ने गर्दछ |यसैलाई व्यंग्य गर्दै बिहारका पुर्व मुख्यमन्त्री लालुप्रसाद यादवले एक कार्यक्रममा बडो मजाकका साथ भनेका थिए “मोदी जी थोरा धीरेसे बोलिए नही तो नश फट जाएगा” हो तपाईको पनि लालु जीले व्यङ्ग्य गरेझै हुनसक्छ तसर्थ साबधान हुनुहोला |

अन्त्यमा ,यति मात्रै भन्न चाहे हामि आउने पुस्तालाइ  काठमाडौँका केहि तथाकथित  अभियन्ताहरुको   जस्तो भिज्लानते प्रवृतिको हस्तान्तरण नगरौ |

                                                       धन्यवाद ||

लेखक : आभाष गुरु

गोलबजार -९ ,सिरहा

                               

प्रतिक्रिया