अन्तरकलेज नकआउट क्रिकेट टूर्नामेन्टमा नासा कलेज विजयी भएको छ ।
हिजो शनिबार भएको अन्तरकलेज नकआउट क्रिकेट टूर्नामेन्टमा नासा कलेज,तिनकुनेले मोलिसलाई पछ्याउँदै विजय भएको छ। उक्त खेल निष्ट बालकुमारी, ललितपुर कलेजले आयोजना गरेका थिए ।
सातदोबाटो मैदानमा भएको खेलमा मोलिसले टस जितेपछि ब्याटिङ रोजे र १५ ओभरको खेलमा नासाका खेलाडीले ७ ओभरमै मोलिसका सबै खेलाडीलाई अल आउट गरि जम्मा ३७ रनमा प्याक गरेका थिए।
नासा कलेजले सोहि टार्गेर ६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरि विजय भइ क्वाटर फाइनलमा प्रवेश गरेका छन्। नासा क्रिकेट टिमका क्याप्टेन राहुल साह थिए भने आजको उक्त खेलमा ५ विकेट लिई अर्विन्द यादव म्यान अफ दि म्याच भएका थिए।
नासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील,सक्षम, प्रेरणादायी कोच मधेस प्रदेश,सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए र देश्को केन्द्र राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन उनि सफल भएका हुन्।
` व्यक्तिको व्यक्तित्वलाई शून्य धरातलबाट एकैचोटि प्रतिष्ठाको चुलीमा आरोहण गराउने कार्य खेलकुदले गरेको हुन्छ।अन्यथा झुम्राको भकुण्डो सडकमा खुट्टाले हिर्काउदै हिंड्ने सडकठिटो फूटबलप्रेमिहरुको सितारा बन्न र पेले बनेर विश्वभर चम्किन सकतैनथ्यो ´ ,कोच दिबस टाइगरले भने ।
` खेलकुदमा आफ्नो समूहबाट खेल्ने टीममा साहचर्यको राम्रो विकास भयो भने त्यस्तो समूहले प्रतिपक्षी/ प्रतिद्वन्दी समूहलाई सहजै हराउन
सक्छ´, भन्ने उन्को बुझाइ रहेको छ ।