हिंसाको समाचार आउँदा -आजभोलि “सेल्फ डिफेन्स” प्राय सुनिने शब्द बनेको छ। सेल्फ डिफेन्स त्यस्तो तालिम हो जसले शारीरिक र मानसिक रूपमा हिंसाप्रतिरोधात्मक क्षमतालाई अब्बल बनाउछ।
यसै सन्दर्भमा युवा रेडक्रस सर्कल, त्रि-चन्द्रले क्याम्पसकै प्राङ्गणमा युवा विद्यार्थीहरुलाई लक्षित गरी आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सम्पन्न गरेको छ। महिलामाथि बढ्दो हिंसा, बलात्कार साथै अमानवीय कृयाकलापलाई मध्यनजर गर्दै गत वर्ष झैँ यस वर्ष पनि आत्मरक्षा तालिम सम्पन्न भएको सर्कलका अध्यक्ष प्रतिभा दवाडीले बताइन् ।
‘हरेक महिलालाई आत्मरक्षा तालिम आवश्यक पर्छ,’ उनले भनिन्, ‘महिला हिंसाहरुलाई रोक्न नसके पनि त्यस्तो अवस्था आएको खण्डमा आफ्नो रक्षाको लागि आफैं लड्न सक्छन् ।’
शनिवार देखि सोमबार सम्म ‘३ दिने आत्मरक्षा तालिम’मा ३१ जना विद्यार्थी स्वयंमसेवकहरु सहभागी थिए । जसमा २४ जना किशोरी विधार्थी र ७ जना किशोर विधार्थी सहभागी भएका थिए।
आत्मरक्षाका तालिमका प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी(coach) तथा करातेका प्रशिक्षक विर कृष्ण शाही र कराते खेलाडी सुजिता पराजुली रहेका थिए। प्रशिक्षक शाहीले आत्मरक्षा महिलाको लागि अति आवश्यक रहेको र यसले महिलाको आत्मबल समेत बढाउँने बताए।
यस तालिम पस्चात शारीरिक हिसां तथा दुव्र्यबहार विरुद्घ प्रतिकार गर्ने क्षमता अभिवृद्धि हुने भएकाले उक्त तालिम अति नै आवश्यक र प्रभावकारी हुने भन्ने कुरा पुर्व अध्यक्ष सपना रेग्मीले बताइन्।